बीपीलाई बुझ्न नसक्दा राजसंस्था नागार्जुनको जंगलमा थन्कियो: महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किनु परेको धारण राखे ।
४३ औं बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार,बीपी विचार, विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै
एको टिप्प्णी गरेका छन् ।
‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने बीपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको उनले बताए । बीपी कोइरालालाई बुझ्ने सवालमा, बीपी कोइरालालाई चिन्ने सवालमा, विपी कोईरालालाई आत्मसात गर्ने सवालमा नेपालको भिन्न–भिन्न शक्तिहरूबाट कमजोरी भएको उनको आरोप छ । ‘हामीबाट भएको एउटा कमजोरी छ, नेपालको कम्युनिष्ट आन्दोलनले बीपी कोइरालालाई बुझ्ने सवालमा अर्को कमजोरी छ । राजसंस्थाले, राजाहरूले गर्ने कमजोरीको अर्को पाटो छ ।’ उनले भने ।
नेपाली कांग्रेसले पनि बीपीलाई उचित ढंगले बुझ्न नसकेको र नेपालका कम्युनिष्ट पार्टी र राजसंस्थाबाट पनि बीपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनको भनाइ छ ।