राजु गिरीको ‘मायाको गाँउ’ छाँयाकनको तयारीमा

काठमाडौं– निर्देशक राजु गिरीले चलचित्र मायाको गाँउ छाँयाकनमा लैजाने तयारी थालेका छन् । यसमा विषयमा गिरी स्यंमले आफनो फेसबुक स्टाट्समार्फत सार्वजनिक गरेका छन् । उनको निर्देशनमा चलचित्र मायाको गाँउ बन्न लागेको हो ।
विगतमा पनि धेरै चलचित्रमा निर्देशन गरेका गिरीले चाँडै यो फिल्मी सुटिङमा जाने तयारी भइरहेको जानकारी दिए ।
गिरीले अहिले कलाकार अन्य प्रविधिक विषयमा अध्ययन गरिरहेको बताए । मायाको गाँउले समाजको वास्तविक कथा बोेकेको चलचित्र बन्ने उनको भनाइ छ ।