मुख्यमन्त्री लामाले नियुक्त गरे तीन मन्त्री

काठमाडौं । संसदीय दलमा अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनजना नयाँ मन्त्री नियुक्त गरेका छन् । लामाले गीता गुरुङ गोविन्द लम्साल र माया श्रेष्ठ लाई मन्त्री नियुक्त गरेका हुन् ।
नव नियुत्त माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन गोविन्द लम्साललाई भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गत साउन ९ मा चार जना मन्त्रीले राजीनामा दिएका थिए भने साउन १३ मा अर्का एक जना मन्त्रीले समेत राजीनामा दिएपछि पाँच वटा मन्त्रालय खाली रहेको थियो । राजीनामा दिएकाहरुले मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।