Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

चलचित्र ‘सिटामोल’ साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा, ‘मुटु भित्र खिल छ हजुर’ गीतको चर्चा

चलचित्र ‘सिटामोल’ साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा, ‘मुटु भित्र खिल छ हजुर’ गीतको चर्चा
  • १६ श्रावण २०८२, बिहीबार ११:५९

काठमाडौं– नेपाली समाजको यथार्थ कथा बोकेको बहुप्रतीक्षित चलचित्र ‘सिटामोल’ यही साउन २३ गते (अगस्ट ८, २)२५) बाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदैछ ।

mulpatra

तुलसी एचडीएच फिल्म्स प्रा.लि.को ब्यानरमा रुन्तारा फिल्म्ससँगको सहकार्यमा निर्माण गरिएको यो चलचित्र सामाजिक विभाजन, मौन पीडा, र पारिवारिक विछोड जस्ता गहिरा विषयमा आधारित छ ।

सामाजिक यथार्थको संवेदनशील चित्रण ‘सिटामोल’ नेपाली समाजमा गहिरिएर बसेका समस्याहरूको कलात्मक प्रस्तुति हो। यो चलचित्रले आवाजविहीनहरूको पीडा, वर्गीय अन्याय, र सामाजिक उपेक्षालाई कथानकको मूल केन्द्र बनाएको छ ।

mulpatra mulpatra mulpatra

चलचित्रमा गहिरा संवाद र सशक्त अभिनयमार्फत दर्शकको मन छुने कथा प्रस्तुत गरिएको निर्माण पक्षको बताएको छ ।

सशक्त अभिनयको संगम चलचित्रमा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरू सौगात मल्ल, बेनीशा हमाल, श्रीकृष्ण निरौला, मुटुफतीको अभिनय रहेको छ ।

भावनात्मक गीत ‘मुटु भित्र खिल छ हजुर’ ले चर्चा बटुल्दै

Image Source: © https://mulpatra.com

चलचित्र ‘सिटामोल’ को टेलर र टिजर दुबैलाई ओएस आर डिजिटल मार्फत युटुबमा सार्वजनिक गरिएको छ । मिलिएन भ्यूज पनि पुगिसकेको छ।

चलचित्रको नयाँ गीत ‘मुटु भित्र खिल छ हजुर’ युट्युबमा सार्वजनिक भइसकेको छ। स्वररसंगीत बाबुल गिरी भिडियोमा सौगात मल्ल, बेनीशा हमाल यस गीतले चलचित्रको भावनात्मक गहिराइ उजागर गर्दै धेरै दर्शकको मन जितिरहेको छ।

प्रमुख निर्माण टिम निर्देशक सिमोस सुनुवार,निर्माता राजबहादुर साने,कार्यकारी निर्माता गङ्गाराम श्रेष्ठ रहेका छन ।
अन्तर्राष्ट्रिय प्रदर्शन पनि तयारीमा नेपालसँगै थाइल्याण्ड, जापान, अस्ट्रेलिया, अमेरिका ,मलेसिया,लगायत नेपाली समुदाय भएको विभिन्न देशहरूमा पनि ‘सिटामोल’ प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको छ।

निर्माण पक्षको आग्रह “सिटामोल केवल फिल्म होइन, यो समाजका अनगिन्ती मौन आवाजहरूको प्रतिनिधि कथा हो। यो चलचित्र विशेष गरी कर्णाली क्षेत्रको यथार्थ, पीडा र पिरतीको कच्चा कथन हो, जुन पर्दामा सजीव रूपमा प्रस्तुत गरिएको छ ।
कृपया नजिकको हलमा गएर यो चलचित्र हेरिदिहुननिर्देशक सिमोस सुनुवारको आग्रह छ ।