कर्णाली देखाउन पुगेका हृदयेन्द्रमाथि देशकै नगर, अलिकित देश बनाउन आँट गर्नुपर्‍यो भन्ने सन्देश छाडे

कर्णाली देखाउन पुगेका हृदयेन्द्रमाथि देशकै नगर, अलिकित देश बनाउन आँट गर्नुपर्‍यो भन्ने सन्देश छाडे
  • १७ श्रावण २०८२, शुक्रबार १०:४९

काठमाडौं– हृदयेन्द्र शाह अरु शान्त र सौम्य देखिए । उनी राजा होइन । जनता भएर जुम्लेलीसँग रमाइलो कुराकानी गरिरहेको भिडियो भाइरल भइरहेको छ । विषेशत त राजावादीमा मात्र होइन । उनी गणतन्त्रवादीहरुको नजरमा चर्चाको विषय बनेका छन् ।

mulpatra

उसो त उनी कर्णाली रोएको होइन, हाँसेको हेर्न गएका थिए । तर कर्णालीको रुपमा अध्ययन गर्न मौका समेत पाए ।

हृदयेन्द्रलाई राजा बनाउनुपर्छ । कोही भन्छन्, हृदयेन्द्रलाई हिरो बनाउनुपर्छ । आखिर उनीचाहिँ के बन्न चाहन्छन् होला ? पञ्चकली बुढा सोध्छिन्, ‘हाम्रो यो नेपाल अब कहिले समृद्ध हुन्छ होला ?’

‘मान्छेले राम्रो काम ग¥यो भने, सबै कुरा राम्रो चल्यो भने त हुन्छ होला । अलिकित हामी पनि लाग्नुप¥यो, आँट गर्नुप¥यो । हुन्छ होला ।’

यति नजिकबाट हृदयेन्द्रले समाजसँग साक्षात्कार गरेको देखिएको थिएन । उनको बोलीचाली कस्तो छ ? हिँडाइ–हँसाइ कस्तो छ ? लवाइखुवाइ कस्तो छ ? धेरैलाई थाहा थिएन । थाहा नहुनु नै एउटा लुकेको सौन्दर्य थियो । जसरी लुकेको छ कर्णालीको भूगर्भमा प्रकृतिका मनोरम छटाहरू ।

दुनियाँलाई ‘लुकेको स्वर्ग’ देखाउन गएका थिए । दुनियाँले कर्णाली होइन बरु उनैलाई हेरे । एकदमै उत्सुकताले । भौगोलिक दूरीले लगभग ८०० किलोमिटर टाढाको जुम्ला पुगे । उकाली ओराली हिँडे । कफी दोकानमा पसे, गुम्बामा घुमे, कर्णालीको तिरमा सुस्ताए । सिँञ्जा भ्यालीको कथा सुने, मार्सी चामलको मोल सुने, रैथाने स्याउको बखान सुने, रारा तालको चर्चा सुने । अनि भेटिएका मान्छेहरुसँग भलाकुसारी गरे । मुसुमुसु हाँस्दै । शान्त, सौम्य शैलीमा ।

नेपाली समाजकै यस्ता दुर्लभ पात्र हुन्, जो आफूले नचाहेरै चर्चाको उत्कर्षमा रहने गर्छ । उनी को हुन् ? धेरैलाई थाहा छ । उनी कस्ता छन् ? धेरैलाई थाहै छैन ।

पञ्चकली बुढा सोध्छिन्, ‘तपाईंको नाम के हो ?’

उनी मुस्कुराउँदै भन्छन्, ‘हृदेयन्द्र वीरविक्रम शाह ।’

‘नाम चाहिँ सुनेको हो, एकदमै खुसी लाग्यो भेट्न पाएर । आजै आउनुभयो ?’ पञ्चकलीको प्रश्न ।

‘आजै आएको’ हृदयेन्द्रको संक्षिप्त जवाफ ।

पञ्चकली नव आगन्तुकसँग वातचित गर्न उत्सुक छिन् । उनी सोध्छिन्, ‘प्लेनमा आउनुभएको हो ? प्लेनमा आउँदा हल्लाएन र ?’

‘एकदम हल्लायो, लास्टतिर’ हृदयेन्द्र उही मुस्कानका साथ जवाफ फर्काउँछन् ।

त्यसपछि पञ्चकलीले उनलाई गुम्बाको त्यो अग्लाइबाट कर्णालीको सेरोफेरो औंल्याउँदै भन्छिन्, । उनी संवादमा रमाएका छन् ।

नेता–मन्त्रीका छोरा–नाती र भाई–भतिजोले उत्पात मच्याइरहेको पृष्टभूमिमा उनी जति सहज ढंगले पदार्पण भए, त्यसले थुप्रैको मन जित्यो । के उनी यसरी नै जित्नका लागि निस्किएका थिए ?

थाहा छैन, कर्णालीको चिसो पानीमा खुट्टा चोपल्दै, बगैंचाको ओखर चाख्दै, गोरेटोमा उकाली ओराली गर्दै उनी कुन रहरले त्यहाँ पुगे ?खानदानमा जन्मिए–हुर्किए, त्यहाँ राजतन्त्रको ह्याङओभर कायमै छ ।

त्यसैले बोलीचाली र शिष्टचार शैली अलि ‘विशिष्ट’ हुने नै भयो । यद्यपि उनमा त्यसको अंश परेको देखिएन । उनी साधरण थिए, साधरण वातचित गर्थे, साधारण व्यवहार देखाउथे । त्यही साधरणपन हो, धेरैलाई मन परेको ।