बैचारिक संघर्षमा कुनबाटो हिड्छ एमाले ? पार्टीकै झण्डा फेर्नुपर्ने वाध्यता आइलागेको हो ?

नेकपा एमालले झण्डा फेर्ने तयारी थालेको छ । नेकपा एमालेले विधान महाधिवेशन मार्फत विधान संसोधन गरि झण्डाको रंग फेर्न लागेको हो ।
एमालेको विधानको अनुसूची १ अनुसार झण्डाको भुई रातो हुने र बाँयापटिको माथिल्लो कुनामा सेतो रंगको हँसियाहथौडा खप्टिएको हुने भनिएको छ । सोही अनुसुचिलाई फेर्ने गरि स्थानीय पार्टी कमिटिको राय सुझावकालागि पठाइएको एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमले बताएका छन् । तर स्थापना कालदेखि रहिआएको झण्डाको रग फेर्ने प्रस्तावले एमालेभित्र सैद्धान्तिक बहसको खाँचो औल्याएको छ ।
सन् १९१९ मा स्थापना भएको कम्युनिष्ट इन्टरनेशनलले संसारभरका कम्युनिष्ट पार्टीहरुलाई एकिकृत गर्न रातो झन्डा प्रतिकका रुपमा ल्याएका थिए । श्रमिकको रगत पसिनाको प्रतिकका रुपमा रातो रंग र किसान मजदुरको एकताको प्रतिकका रुपमा हँसिया हथौडा प्रयोग गर्न थालिएको थियो ।
नेकपा एमालेमा झण्डा फेर्ने प्रस्ताव नौलो भने होइन । यसभन्दा अघि २०४९ सालमा हालका शिक्षामन्त्री रघुजी पन्तले पार्टीको झण्डा फेर्ने प्रस्ताव गरेका थिए । उनले पार्टीको पाँचौ महाधिवेशनमा ‘सामाजिक जनवाद’ को राजनीतिक प्रस्ताव समेत पेश गरेका थिए र त्यसमा पार्टीको झण्डा फेर्ने प्रस्तावपनि समेटिएको थियो । अहिले नेकपा एमालेको झण्डाको रंग फेर्न केन्द्रिय कमिटिमा प्रस्ताव लगिए पनि कसैले धारणा राखेका थिएनन । उता पाँचौ महाधिवेशनमा झण्डा फेर्ने पन्तको राजनीतिक प्रस्तावमा शुन्य मत परेको थियो ।
तत्कालिन रुपमा उक्त सामाजिक जनवादको विषयमा कुरा गर्दै पन्तले पुर्वी युरोपमा समाजवादी सरकारहरु ढल्दै गएकोले र उदारबादी राजनीतिको पक्षमा लहर चलेको र रुसमा लेनिनकै नेतृत्वमा सामाजिक जनवादी पार्टी (कम्युनिष्ट पार्टीको पुरानो नाम) रहेको सन्दर्भलाइ समेट जोडेर नयाँ कार्यक्रम प्रस्तुत गरेको बताएका थिए ।
स्क्यान्डिनेभियन देशहरु स्वीडेन, नर्वे डेनमार्क जस्ता देशहरुले यही डेमोक्रेटिक सोसोलिजमलाई लिएर अघि बढीरहेका थियो त्यसकै प्रभावमा पन्तले सामाजिक जनवादको अवधारणा ल्याएको त्यतिखेरै सीपी मैनालीले बताएका थिए ।
मैनालीले तत्कालिन रुपमा कम्युनिष्ट भन्दा फरक अवधारणा ल्याएकाले पार्टीको झण्डा फेर्नु, रंग फेर्नु नाम फेर्नु नौलो कुरै हुँदैन भनेका थिए । किनभने सिद्धान्ततः कम्युनिष्ट नरहेपछि झण्डा फेर्न नौलो कुरै रहेन । रघु पन्तले त्यही कुरालाई अगाडी सारेका थिए ।
हालसम्म एमाले आफैलाई माक्र्सवाद लेनिनवादी पार्टी भनेर भनिरहेको छ । माक्र्सवादले खासगरि वर्ग संघर्ष अनिवार्य मान्दछ ।
माक्र्सवादले समाजको विकास भौतिक अवस्थाको आधारमा हुने र वर्ग संघर्षको अनिवार्यता ठान्दछ । उत्पादनका साधनमा आएको परिवर्तनले उत्पादन शक्तिमा परिवर्तन हुन्छ र उत्पादनको ढाँचा परिवर्तन हुँदा आर्थिक, राजनीतिक र सामाजिक संरचनाहरु बदलिन्छन र त्यसले समाज परिवर्तन गराउँछ भन्ने माक्र्सवादले मान्दछ ।
यसै सन्दर्भमा कम्युनिष्ट नेता सीपी मैनाली भन्छन ‘माक्र्सवादले पुँजीवादलाई उखेलेर सर्वहारा अधिनायकत्व स्थापना गर्ने, र सम्पत्तिको उन्मुलन गर्ने भएकोले डेमोक्रेटिक सोसिलिजम प्रति आलोचना गर्दछ ।’
तर हालको एमाले माक्र्सवादी पार्टी नरहेको मैनालीको आरोप छ । एमालेको हालको जनताको बहुदलीय जनवादमा आधारित समाजवादको कुरा त्यही डेमोक्रेटिक सोसोलिजम प्रतिको झुकाव हो यस भित्र माक्र्सवादको भित्री रुप हुँदैन नै । समाजवादमा जान रसियामा जस्तो क्रान्ति गरिरहनु पर्दैन, युरोपको कम्युनिजम उत्तम छ ।
चुनावको माध्यमबाट पनि समाजवादमा जान सकिन्छ भनेर १९६० को दशकमा युरोपका कम्युनिष्टहरुले विकास गरेको धारणा नै जबजमा आएको हो । माक्र्सवादी कम्युनिष्टहरु त डेमोक्रेटिक सोसोलिजमलाई पुँजीवादसँग सम्झौता गर्ने सिद्धान्त भएको भनी आलोचना गर्दछन् भनेर मैनालीले भनिआएका छन् ।
यता एमाले भित्र जबज लाई परिस्कृत गर्ने कुनै अवधारणा नभएको र समाजवादका न्युनतम शर्तहरु समेत लागु गर्न इच्छुक देखिएको छैन । जबजको भित्री सार ‘डेमोक्रेटिक सोसोलिजम’ राजनीतिक आर्थिक सिद्धान्त हो जसले लोकतान्त्रिक पद्धती मार्फत समाजवादी मुल्यहरुका सुचक आर्थिक समानता, सार्वजनिक सेवा, श्रमिकअधिकार, सामाजिक सुरक्षा जस्ता कुरा स्थापित गर्ने विचार राख्दछ ।
खुश्चेवले स्टालीनको देवासन पछि साम्राज्यवादको चरित्र बदलियो, पछौटे मुलुकको क्रान्त्रिको नेतृत्व वर्किङ क्लासले मात्र गर्न सम्मव छैन, पुँजीपति वर्गले र पुँजीपति बर्ग र वर्किङ क्लासले पनि गर्न सक्छ भन्ने धारणा राखेका थिए । त्यसलाई राष्ट्रिय प्रजातन्त्रको नाम दिइएको थियो । जसबाट शान्तिपुर्ण तवरले पनि क्रान्ति सम्भव छ भन्ने कुरा एक तहमा विकास भयो । त्यसलाई पुँजीवादी होइन नन क्यापिटलिष्ट अथवा समाजवाद मिश्रित पुँजीवादको विकास गर्न सकिन्छ भन्ने त्यही कुरालाई तुलसीलालले राजनीतिक माध्यम सार्वभौम सत्ता सम्पन्न संसद हुनुपर्छ भनेर अवधारणा ल्याएका थिए ।
हामंो जस्ता अविकसित मुलुकमा पुँजीवादी विकास भन्दा पनि समाजवाद मिश्रित विकास गर्ने भनेर तुलसीलाल अमात्यले त्यही राष्ट्रिय पुँजीवादलाई अघि सारेका थिए ।
एमालेले झण्डा, नाम फेर्नु उनीहरुले लिएको सिद्धान्तकै नतिजा हो भन्ने कुरा सीपीले गरेका छन् ।
सिद्धान्ततमा इमान्दार हुने हो भने पार्टीको नाम, झण्डा फेर्नु पर्छ । किनभने कम्युनिष्ट सिद्धान्तमा भनौ माक्र्सवादमा हिडेकै छैन, त्यसकारण एउटा सिद्धान्त, अर्को नाम, अर्कै झण्डा बोकिरहनु को के अर्थ । त्यसकारण विस्तारै झण्डा नाम परिवर्तन भएपनि अनौठो नमाने हुन्छ ।
संसदीय अभ्यासमा आएपछि बहुमतको सरकार अल्पमतको प्रतिपक्ष उत्तम विकल्प हो । तर त्यसले समाजको अधिकतम समाजवादी परिवर्तनका सृधारहरु गर्नु पर्ने हो कोशिस गर्ने हो तर त्यसो गर्न सकिरहेको छैन । माक्र्सवादले उठाएको विषय चाहिँ पुँजीवाद विरोधी समाजवाद हो । त्यसमा एकदिन उत्पादनको साधनमाथि व्यक्तिको स्वामित्व अन्त्य हुन्छ र राज्यले लिन पुग्छ भन्ने हो ।
जबज प्रस्ताव गरिसकेपछि मदन भण्डारीले माक्र्सवादी पनि भन्ने र पुष्टि पनि गर्न बाँकी रहेको अवस्था थियो । भण्डारीले जबजलाई तत्कालिन कार्यक्रम भनेर ल्याएका हुन । त्यसलाई जब मदनले नै सिद्धान्त भनेका थिएनन । जबज तत्कालिन कार्यक्रम हो । प्रजातान्त्रिक परिपाटिमा प्रतिद्धन्द्धितामा श्रेष्ठता हासिल गर्ने भन्ने सिद्धान्तका रुपमा ल्याए । मदन भएकै भए उक्त कार्यक्रमलाई माक्र्सवादी सिद्धान्तमा ढाल्न प्रयोग गर्थे नै होला तर अहिले न त्यसलाई माक्र्सवादी प्रमाणित गर्ने अवस्था छ न माक्र्सवादको बाटोमा एमाले हिँडीरहेको छ । जबज ल्याएर माक्र्सवादी हो पनि भन्ने त्यसलाई माक्र्सवादी पुष्टि गर्न पनि नसक्ने अवस्थामा जबज छोडिएको छ । नयाँ ब्याख्या नगरि जबजलाई सिद्धान्तका रुपमा प्रयोग गर्ने निर्णय एमालले गरेपछि सैद्धान्तिक व्याख्याता नरहेको वा बोल्नु मुख बन्द गरिएको अवस्था हो त्यसको खोजि हुन जरुरी देखिएको छ ।
केपी ओली पार्टी नेतृत्वमा आएपछि एमालेलाई पुँजीवादी पार्टीमा ढाल्ने प्रयास गरेका छन् । खासगरि चीनसँगको, भारत र अमेरिकासँगको सम्बन्धमा आएको परिवर्तनले समेत विस्तारै पश्चिमीकरण हुँदै गरेको अनुमान धेरैले गरेका छन् ।
माक्र्सवादको विषयमा बोल्दै माओवादीका सचिव राम कार्की समेतले कम्युनिष्ट पार्टीको झण्डा अन्र्तराष्ट्रिय जाति हुनेछ भनेर बनाइएको झण्डा हो । कुनै कम्युनिष्ट पार्टीले झण्डा परिवर्तन गर्नु अन्र्तराष्ट्रिय कम्युनिष्ट बाट अलग हुन खोजेको सन्देश दिन्छ भनेका छन् ।
एमाले भित्रको अहंकार बढ्दै गएको, मजदुर किसानबाट अलग हुन खोजिरहेको उनीहरुको दायित्वबाट पन्छिन खोजेको जस्तो देखिएको छ भन्दै कार्कीले भनेका छन् ‘कम्युनिष्ट भनेपछि समर्थन पाइँदैन त्यसकारण सबैको समर्थन प्राप्त गर्न पनि विस्तारै अन्र्तराष्ट्रिय कम्युनिष्टबाट अलग हुन खोजीरहेका हुन सक्छन । कम्युनिष्ट आन्दोलन अन्तराष्ट्रिय आन्दोलन हो । कम्युनिष्टको झण्डा अन्तर्राष्टिय झण्डा हो । त्यसकारण सैद्धान्तिक विचलन र स्पष्टता नहुँदा झण्डा फेर्ने मात्र होइन विस्तारै नामै फेर्न दिशा तिर अघि बढीरहेको छ ।’
कार्की अगाडी भन्छन ‘पार्टी भित्र अमाक्र्सवादी चरित्र भएकाहरु हावी हुनु, माक्र्सवादी साथीहरुलाई किनारा पार्दै पर लैजानु । र खासमा नेतृत्वको ध्याउन्न कम्युनिष्ट भन्दा कसरी फरक हुन सकिन्छ भन्नेमा छ । यस्तो बेला सिद्धान्तमा विभिन्न बुद्धिजिवी खडा गरेर अमाक्र्सवादी विवेचना र व्याख्या गराउन लागिरहेका छन् । अहिले झन्डा परिवर्तन गराउनु त्यसैकै एक स्टेप हो भन्ने आरोप लगाएका छन् ।’
कम्युनिष्ट नामको टेडमार्क चाहि राखिराख्ने विचारमा चाहि पश्चिमा पुँजीवादहरुको बोकेपछि कसरी कम्युनिष्ट हुन्छ । तर खासमा उनीहरुको एउटा बुझाई छ त्यो के भने नाम झण्डा फेर्दा नेपालका प्रमुख दल खासगरी कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने भएकोले नाम र ब्राण्ड राखि राख्न खोजेको छ ।
झण्डा परिवर्तनको प्रस्तावको विषयमा प्रदीप ज्ञवालीले प्राविधिक कुरा मात्र भएको बताएका छन । उनले झण्डा परिवर्तन गर्ने प्रस्ताव विधान महाधिवेशनमा लाने जनाएका छन् । विगतको महाधिवेशन मै पार्टीको प्रतिक चिन्ह लोगो सुनौलो रंग बनाएको र हाल झण्डाको रंग समेत मिल्ने गरि बनाउन लागेको बताएका र यो विशुद्ध प्राविधिक कुरामात्र रहेको उनले बताएका छन् ।
एमाले माक्र्सवादी भन्दा बढी डेमोक्रेटिक सोसोलिजम तिर लागेकोमा त हैन नी भन्ने प्रश्नमा उनले भने अन्य देशमा समेत झण्डा परिवर्तन गर्ने गरेकोले हामीले हसिया हथौडा परिवर्तन नभई रंग मात्र परिवर्तन गर्न खोजेको बताएका छन् ।
सिद्धान्ततः जबजको कुरा गर्दै ज्ञवाली भन्छन ‘जबजको विषयमा माक्र्सवादको सिर्जनात्मक प्रयोगको भनेर भन्न मिल्छ । नेपाली संस्करणको माक्र्सवाद नै जबज हो । माक्र्सवादलाई नेपालको विशिष्ट ंसंस्करणमा प्रयोग गर्ने सम्बन्धमा जबज नै सिद्धान्तको रुपमा अघि बढीसकेको छ । यसलाई महाधिवेशनले नै पास गरिसकेको छ ।’
एमालेको भरखरै सम्पन्न पोलिटव्युरो र केन्द्रीय कमिटिको बैठकमा पार्टी अध्यक्षलाई स्टालिन शैलीमा पार्टी सन्चालन गर्न खोजेको आरोप लागेको थियो ।
स्टालिन कालिन पोल्याण्डमा रुसको बोल्सेभिक क्रान्तिबाट प्रेरित भएर पोल्याण्ड कम्युनिष्ट पार्टी केपीपी सन १९२५ मा स्थापना भएको थियो । सन् १९३८ मा स्टालिनको निर्देशनमा सो पार्टी विघटन गरियो । सर्यौ नेताहरुलाई स्टालिनले जेलमा हाले, कैयौँलाई मारे र सन १९४२ मा आफ्ना विश्वासिला व्यक्तिहरु खडा गरि पोलिस मजदुर पार्टी पीपीआरका नाममा नयाँ कम्युनिष्ट पार्टीको स्थापना गरे । त्यहाँ राष्ट्रिय स्वतन्त्रता आन्दोलन गरिरहेको पोल्याण्ड समाजवादी पार्टी पनि थियो । त्यसको प्रभाव देखेर स्टालिनले त्यसलाई मिल्ने दवाब दिएर दुई पार्टी मिलाएर पोल्याण्ड संयुक्त मजदुर पार्टी पीजेडपीआर गठन भयो ।
घुसपैठ, राष्ट्रविरोधी, पार्टी विरोधी भनेर धेरै कम्युनिष्ट नेताहरु मारिनुमा स्टालिनको एकछत्र राज गर्ने अभिष्ट थियो । पार्टीको नाम परिवर्तनमा स्टालिनको वैचारिक रणनीति, सत्ता नियन्त्रणको शैलीसँग जोडिएको थियो । स्वतन्त्र रुपले काम गर्न खोजेका पोल्याण्डका नेतृत्व प्रति स्टालिनलाई डर थियो त्यसलै उनको विरोधीहरुलाई सिध्याउने रणनीतिमा स्टालिन थिए । उनी अन्धभक्त जन्माउन चाहान्थे । पार्टीको नयाँ नाम राख्नुमा माक्र्सवादको प्रचारबाट बाहिर नगए पनि त्यसलाई लुकाईएको थियो । खासमा पार्टीको नाम परिवर्तनले समाजवादी शासनको परिवर्तनलाई सहज बनाउन, युरोपेली संघ र पश्चिमी संसारसँगको सम्बद्ध सुदृढ गर्न र उनीहरुले कम्युनिष्ट नाम नरुचाउने भएकोले नयाँ नाम राखिएको थियो ।
सन् १९९१ मा इटालीमा इटली कम्युनिष्ट पार्टीले नाम परिवर्तन गरि डेमोक्रेटिक पार्टी राख्यो । सोभियत संघको पतनपछि कम्युनिष्टको जनसमर्थन घट्दै गएको र युरोपेली मध्यमार्गी राजनीतिमा नजिक भएको देखाउन पनि त्यसो गरेका थिए ।
स्टालिनको समयमा सोभियत संघमा विकसित भएको केन्द्रीकृत, अधिनायकवादी राजनीतिक प्रणाली, आलोचनालाई प्रतिवन्ध, व्यक्तिपुजा, विरोधको दमन र भयको शासन तर कम्युनिष्टको नाममा पार्टी सत्ता कब्जा गर्ने रणनीतिमा एमाले नेतृत्व लागेको कतिपयको आरोप छ ।
त्यहि भएर सिद्धान्ततः लुकेर अघि बढ्ने रणनीतिमा एमाले देखिन्छ । बहुमत कम्युनिष्ट विचारधारा भएका देशमा कम्युनिष्ट छोडीहाल्न सक्ने अवस्थामा नभएपछि विस्तारै पश्चिमा शैलीमा जाने रणनीतिमा नेतृत्व देखिएको भान धेरैलाई परेको छ ।
जसरी स्टालिनलाई राष्ट्रपिता, अति बुद्धिमान, मार्गदर्शक भनेर विभिन्न उपमा दिने व्यक्तिपुजा गर्ने जत्था खडा गरिएको थियो । विचारको बहसको सट्टा श्रद्धा र डरको शासन, आलोचना गर्नेलाई शत्रु उपमा दिने, विभिन्न बहानामा जेल हाल्ने, नागरिकको हरेक गतिविधि निगरानी गर्न जत्था खडा गरिएको थियो त्यसले विश्व कम्युनिष्ट आन्दोलनलाई विकृत बनाएको थियो । अहिले त्यसैकै सिको गरेको जस्तो देखिएको छ ।
एमालेको पाँचौ महाधिवेशनमा बहुदलीय जनवादलाई नेपाली क्रान्तिको कार्यक्रमको रुपमा अंगिकार गरेको थियो । छैटौ महाधिवेशनमा त्यसलाई मार्गदर्शक सिद्धान्तका रुपमा लिइने निर्णय गरेको छ तर सिद्धान्तको रुपमा पुष्टि हुन बाँकी रहेको समाजवादी पार्टीका महासचिव घनश्याम भुषालले एमालेको प्रथम विधान महाधिवेशनमा कुरा उठाएका थिए । मुलतः मदनले उठाएका १४ वटा बुँदा लाई बहुदलीय जनवादी कार्यक्रम भनेको र त्यसलाई व्यवहार मै उतारिसकेको अवस्थामा जनताको बहुदलीय जनवादलाई थप व्याख्या गर्न र निष्कर्षमा पुग्न बाँकी रहेको बताएका थिए ।
वर्तमान एमाले त्यहि बैचारिक संघर्षमा अघि बढीरहेको छ । विचारको बहस कम हुन थालेका छन् । वैचारिक अध्ययन केन्द्रहरु निस्प्रभावी रहेका छन् । तर पनि भविष्यमा माक्र्सवादलाई नेपाली सन्दर्भमा कसरी प्रयोग गर्छ र जबजलाई माक्र्सवादसँग कसरी जोड्छ त्यो भने हेर्न बाँकी छ ।