५ महिनापछि प्रसाई छुटे, सरकारले इगो साँधेर पुर्पक्षमा राखेको आरोप

५ महिनापछि प्रसाई छुटे, सरकारले इगो साँधेर पुर्पक्षमा राखेको आरोप
  • २० श्रावण २०८२, सोमबार १८:५५

काठमाडौं– जिल्ला अदालतले तीनकुने घटनामा जबरजस्ती दोषी बनाइएका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले छोड्न आदेश दिएको छ ।

mulpatra

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंलाई लगाइएकामध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधका कसुरतर्फ कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार नदेखिएको जनाएको छ ।

उच्च अदालतले तीनकुने घटनामा प्रसाईँसँग ३ लाख मात्रै धरौटी माग गरेको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने प्रसाईसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई थुनामै राख्नुपर्ने मागसहित सरकारले उच्च अदालतमा गरेको पुनरावेदनमाथिको बहस सकिएको छ । यसैसँग बहससँग प्रसाईलाई पुर्पक्षमा राख्नुको कारण सहित परेको बहस भएको थियो । उक्त पुनरावेदनमा चार दिनदेखि बहस भइरहेको थियो ।

तीनकुने घटनामा प्रसाईमाथि लगाइएका चारवटा अभियोगमा भने संलग्नता नदेखिएको अदालतकै आदेशमा भनिएको थियो । तर आपराधिक उपद्रवमा भने प्रसाईंको संलग्नता देखिएको आदेशान भएपनि उनलाई पुर्पक्षमा पठाइएको छ । हाल उनी डिल्लीबजार कारागारमा पठाइएको थियो ।

कसुरमा हाल संलग्नता पुष्टि हुने आधार नदेखिएको र पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा उल्लेख छ । यसलाई आधार मानेर उनलाई पुर्पक्षमा पठाइएको हो । यसको पछाडी अप्रत्यक्ष रुपमा सरकारको हस्तक्षेप र दबाब सिर्जना भएको सरकारी वकिलहरुले नै बताइरहेका छन् ।

आपराधिक उपद्रवमा संलग्नता रहेको प्रारम्भिक निष्कर्षमा पुग्दा अदालतले विभिन्न आधारहरू लिएको छ । तरमा तीनकुने घटनामा प्रसाईको संलग्नता भने कत्तै देखिएको छैन । जसका कारण उनलाई उपद्रवको मुद्दामा पुर्पक्षमा पठाउनुपर्ने अवस्था नभएको एक वकिलको दाबी छ ।

नौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको घरमा आगो लगाई पत्रकार सुरेश रजकको हत्या गर्ने कार्यमा पनि आफ्नो संलग्नता अस्वीकार गरेका थिए । सुरेश रजकको हत्यामा जो–जो संलग्न छन् उनीहरूले नै जिम्मा लिनु पर्ने प्रसाईंले बयान दिएका थिए । यी घटनामा प्रसाई कतै सलंग्न छैनन् ।

तीनकुने घटनापछि प्रसाईलाई राजनीतिक इगोमा पुर्पक्षमा पठाएको देखिन्छ । प्रसाईले तीन वर्षअघि देखि नेपालमा आफनो महाअभियानमार्फत राजनीतिक विकृतिका चर्को विरोध गदै आएका छन् ।

जसका कारण उनीमाथि सबैभन्दान बढी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली खनिएका छन् । ओलीकै दबाबमा प्रसाईलाई पुर्पक्षमा पठाईको पनि उनका समर्थकको आरोप छ ।