Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

महाराजगञ्जको होटलमा बर्थडे केक काटेकै अवस्थामा पक्राउ परेको चक्रे मिलन, टिकटकमा उद्दण्ड

महाराजगञ्जको होटलमा बर्थडे केक काटेकै अवस्थामा पक्राउ परेको चक्रे मिलन, टिकटकमा उद्दण्ड
  • १७ श्रावण २०८२, शुक्रबार १०:५९

काठमाडौं– महाराजगन्जबाट पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले उद्दण्ड दृश्यसहितका टिकटक आउन थालेपछि निगरानीमा राखेको जनाएको छ । सार्वजनिक सडक नियन्त्रणमा लिएको दृश्यसहित चक्रेले टिकटक सार्वजनिक भएका थिए ।

mulpatra

गए राति प्रहरीले साम्बला होटलको आठौँ तलाबाट गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ गरेको थियो । उक्त दृश्य भाइरल भएपछि बिहीबार उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले उपत्यकाका तीनै जिल्लासहित अपराध अनुसन्धान प्रमुखलाई बोलाएर निगरानी राख्न भनेका थिए ।

त्यसपछि प्रहरीले निगरानी बढाएको थियो । उनले जन्मदिनको अवसरमा बिहानै पशुपतिनाथ मन्दिरमा पैसा बाँडेको भिडिओ पनि पोष्ट गरेका थिए ।

mulpatra mulpatra mulpatra

उनीहरू अर्का गुण्डा नाइके दीपक मनाङेको प्रभाव क्षेत्र मानिने ठमेल क्षेत्रमा जाने तयारीमा रहेको प्रहरीलाई सूचना पुगेको थियो ।

ठमेल एलओडीमा चक्रे मिलनको टोली आउने तयारी र त्यहाँ मनाङेका समर्थक भेला भएपछि मुठभेडको सम्भावनासमेत बढेको थियो ।