गोरखाबाट नारायणगढका लागि छुटेको यात्रु बस तनहुँमा दुर्घटना

गोरखाबाट नारायणगढका लागि छुटेको यात्रु बस तनहुँमा दुर्घटना
  • १९ श्रावण २०८२, आईतवार १६:५९

काठमाडौं– मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

mulpatra

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । बस म¥याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।

यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट म¥याङ्‍दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।