Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

३० भन्दा बढी स्थानीय तह ‘बजेटविहीन’, अनुगमनका लागि तीन वटा टोलि फिल्डमा

३० भन्दा बढी स्थानीय तह ‘बजेटविहीन’, अनुगमनका लागि तीन वटा टोलि फिल्डमा
  • २१ श्रावण २०८२, मंगलवार १२:०७

काठमाडौं– समयमै आर्थिक वर्ष २०८२\८३ को बजेट पारित नगरेका स्थानीय तहको समस्या बुझ्न तीन वटा अनुगमन टोली खटाउने भएको छ ।

mulpatra

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन टोलि घटाउने भएको हो । मन्त्री भगवती न्यौपानेको निर्देशनमा सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा साउन २१ गतेदेखि टोलीहरु फिल्डमा जाने मन्त्रालयले जनाएको छ ।

टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका प्रतिनिधिहरू पनि रहने छन् । बजेट ल्याउन ढिलाइ गरेका स्थानीय तहसँग समन्वय गरी समस्या पहिचान र समाधानको पहल टोलीले गर्नेछ ।

mulpatra mulpatra mulpatra

कानुनअनुसार असार १० भित्र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि ३० भन्दा बढी स्थानीय तहले तोकिएको समयमा बजेट पेस नगरेको मन्त्रालयले जनाएको छ ।