Close

Recent Posts

३० भन्दा बढी स्थानीय तह ‘बजेटविहीन’, अनुगमनका लागि तीन वटा टोलि फिल्डमा

३० भन्दा बढी स्थानीय तह ‘बजेटविहीन’, अनुगमनका लागि तीन वटा टोलि फिल्डमा
  • २१ श्रावण २०८२, मंगलवार १२:०७

काठमाडौं– समयमै आर्थिक वर्ष २०८२\८३ को बजेट पारित नगरेका स्थानीय तहको समस्या बुझ्न तीन वटा अनुगमन टोली खटाउने भएको छ ।

mulpatra

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन टोलि घटाउने भएको हो । मन्त्री भगवती न्यौपानेको निर्देशनमा सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा साउन २१ गतेदेखि टोलीहरु फिल्डमा जाने मन्त्रालयले जनाएको छ ।

टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका प्रतिनिधिहरू पनि रहने छन् । बजेट ल्याउन ढिलाइ गरेका स्थानीय तहसँग समन्वय गरी समस्या पहिचान र समाधानको पहल टोलीले गर्नेछ ।

कानुनअनुसार असार १० भित्र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि ३० भन्दा बढी स्थानीय तहले तोकिएको समयमा बजेट पेस नगरेको मन्त्रालयले जनाएको छ ।