Close

Recent Posts

सरकारले रवीन्द्र ढाँटलाई ५ लाख पुरस्कार दिने

सरकारले रवीन्द्र ढाँटलाई ५ लाख पुरस्कार दिने
  • २९ श्रावण २०८२, बुधबार १०:०८

काठमाडौं– म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले नगद पुरस्कार घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रोत्साहनस्वरुप उनलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

mulpatra

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका अुनसार ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय पनि भएको छ । गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए ।