Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सरकारले रवीन्द्र ढाँटलाई ५ लाख पुरस्कार दिने

सरकारले रवीन्द्र ढाँटलाई ५ लाख पुरस्कार दिने
  • २९ श्रावण २०८२, बुधबार १०:०८

काठमाडौं– म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले नगद पुरस्कार घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रोत्साहनस्वरुप उनलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

mulpatra

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका अुनसार ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय पनि भएको छ । गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए ।