प्रधानमन्त्री ओलीको प्रसंशाक प्रकाश सपुतको तीज गीत ‘फ्लप’को संकेत

काठमाडौं– प्रकाश सपुतको तीज गीतलाई युट्युबमा मिलियन(१० लाख) भ्युज पु¥याउन पनि मुस्किल परेको छ । फिल्म ‘फ्लप’ भएपछि निराशामा बाँचिरहेका ठूलो अपेक्षासहित बजारमा ल्याएको गीतले समेत निराशामाथि अर्को निराशा थपेको छ ।
लचित्र ‘वसन्त’ फ्लप भएपछि निराश बनेका प्रकाशले आफूलाई ‘कमब्याक’ गर्नेगरी तीज गीत बनाएका थिए । पहिलाको चर्चित गीत ‘बदला बरिलै’को भाग दुईको रुपमा प्रकाशले यस वर्षको तीज गीत ‘नाइँ भनेसी नाइँ’ बनाएका थिए ।
विगतमा गीत सार्वजनिक भएको केही घण्टामै १० लाख भ्युज कटाउनु प्रकाशका लागि सामान्य थियो । तर, पछिल्लो समय विभिन्न विवादपछि उनका सिर्जनाको भ्युजमा समेत प्रभाव पर्न थालेको छ ।
गायनमा अहिलेका चर्चित गायिका एलिना चौहान र समीक्षा अधिकारीलाई तथा अभिनयमा रेखा थापालाई भित्र्याएका प्रकाशले ठूलो अपेक्षा गरेका थिए । तर, नतिजा उल्टो भएको छ । गीत युट्युबमा १२ दिनमा ९ लाख ७५ हजारपटक हेरिएको छ । गीतको सामाजिक सञ्जालमा समेत चर्चा छैन ।
प्रकाशले १९ फागुन २०८१ मा गणेश पाण्डेद्वारा लिखित पुस्तक ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’को विमोचनमा प्रधानमन्त्री ओलीको प्रसंशा गरेका थिए । त्यतिबेला ओलीलाई प्रसंशा गरेपछि सामाजिक सञ्जालमा विरोध भएको थियो । कतिपयले उनलाई ‘एमालेको झोले’सम्म भन्न भ्याएका थिए । त्यसको केही महिनापछि प्रकाशको ‘वसन्त’ फिल्म रिलिज भएको थियो । सामाजिक सञ्जालमै बहिष्कार अभियान चलाइएपछि फिल्म ‘फ्लप’ भएको थियो ।