पूर्व सांसद लक्ष्मी कोइरी पक्राउ
काठमाडौं । पूर्व सांसद रहेका नेकपा (एमाले)का नेता लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । मधेश आन्दोलनका क्रममा महोत्तरीमा ड्युटिमा खटिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत जनकपुरका कामु प्रमुख न्यायाधीश टेकबहादुर कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले कोइरी र प्रदेश सांसद अभिराम शर्मालाई पाँच वर्षको कैद सजाय सुनाएको थियो ।
जिल्ला अदालत महोत्तरीले मंसीर, २०८० मा कोइरी सांसद पदमा बहाल रहेका बेला उनी लगायतलाई आरोपबाट सफाई दिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
महोत्तरीमा मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ मा प्रहरी र आन्दोलनकारी बीच भएको झडमा घाइते सशस्त्र प्रहरीका असई थमन विक लगायतलाई उपचारका लागि लाने क्रममा एम्बुलेन्सबाट निकालेर मारेको आरोप कोइरी लगायतलाई लागेको थियो ।
कोइरी मुद्धा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ मा नेकपा (एमाले)बाट सांसदमा निर्वाचित भएका थिए ।



