Close

Recent Posts

ज्येष्ठ नागरिकमन्त्री सुडीले सम्पत्तिमा १२ बोरको बन्दुक देखाए

ज्येष्ठ नागरिकमन्त्री सुडीले सम्पत्तिमा १२ बोरको बन्दुक देखाए
  • ३१ श्रावण २०८२, शुक्रबार १०:४४

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवकिशोर साह सुडीसँग निजी बन्दुक रहेको खुलासा भएको छ । मन्त्री सुडी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी छन् ।

mulpatra

मन्त्री सुडीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा १२ बोरको बन्दुकलाई अन्य सम्पत्तिको शीर्षकमा उल्लेख गरेका छन् । उनले उक्त बन्दुक निजी सुरक्षाका लागि प्रयोग गर्ने र यो १२ बोरको बन्दुक रहेको जनाएका छन् ।

मन्त्रिपरिषद्का सदस्यहरूको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेस गर्नुपर्छ । यस्तो विवरणमा सम्पत्ति प्राप्त गरेको मिति, स्रोत र मूल्य खुलाउनुपर्ने व्यवस्था छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ ।

हनुमाननगर कंकालिनी, सप्तरी निवासी मन्त्री सुडीले जग्गा, सुन, घरलगायत अन्य सम्पत्तिको पूर्ण विवरण खुलाएका छन् । तर, बन्दुकको हकमा किनेको मिति, मूल्य र स्रोत उल्लेख गरेका छैनन्। उनले यो सम्पत्ति विवरण २०८१ वैशाख २४ गते प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन् ।