Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

ज्येष्ठ नागरिकमन्त्री सुडीले सम्पत्तिमा १२ बोरको बन्दुक देखाए

ज्येष्ठ नागरिकमन्त्री सुडीले सम्पत्तिमा १२ बोरको बन्दुक देखाए
  • ३१ श्रावण २०८२, शुक्रबार १०:४४

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवकिशोर साह सुडीसँग निजी बन्दुक रहेको खुलासा भएको छ । मन्त्री सुडी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी छन् ।

mulpatra

मन्त्री सुडीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा १२ बोरको बन्दुकलाई अन्य सम्पत्तिको शीर्षकमा उल्लेख गरेका छन् । उनले उक्त बन्दुक निजी सुरक्षाका लागि प्रयोग गर्ने र यो १२ बोरको बन्दुक रहेको जनाएका छन् ।

मन्त्रिपरिषद्का सदस्यहरूको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेस गर्नुपर्छ । यस्तो विवरणमा सम्पत्ति प्राप्त गरेको मिति, स्रोत र मूल्य खुलाउनुपर्ने व्यवस्था छ ।

mulpatra mulpatra mulpatra

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ ।

हनुमाननगर कंकालिनी, सप्तरी निवासी मन्त्री सुडीले जग्गा, सुन, घरलगायत अन्य सम्पत्तिको पूर्ण विवरण खुलाएका छन् । तर, बन्दुकको हकमा किनेको मिति, मूल्य र स्रोत उल्लेख गरेका छैनन्। उनले यो सम्पत्ति विवरण २०८१ वैशाख २४ गते प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन् ।