संस्थानपन पक्षले रोक्दा समेत विद्यालाई भेट्न मुख्यमन्त्री, मन्त्री र शीर्ष नेता पुगे, कार्यालय समेत टेकिन्र

संस्थानपन पक्षले रोक्दा समेत विद्यालाई भेट्न मुख्यमन्त्री, मन्त्री र शीर्ष नेता पुगे, कार्यालय समेत टेकिन्र
  • ३ भाद्र २०८२, मंगलवार १७:०९

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गरेको व्यवहारप्रति असन्तुष्टि जनाएकी छिन । पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा एमालेको निर्णयपछि पहिलोपटक विराटनगर आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको कार्यालय जाने कार्यक्रम थियो

mulpatra

मंगलबार काठमाडौं फर्किनुअघि उनले पाञ्चालीस्थित एमाले मोरङको कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरिन् । एमाले पूर्व उपाध्यक्षको हैसियतमा सम्बोधन गरेकी उनले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्न आग्रह गरिन् ।

एमाले विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले पार्टी कार्यालयमा कुनै कार्यक्रम नभएको भन्दै कार्याकर्तालाई नजान उर्दी जारी गरे । यसरी संस्थापन पक्षले रोक्ने प्रयास गरेपनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो १ बजतिर पार्टी कार्यालय पुगिन् । कार्यालयमा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापासहितका नेता पाञ्चाली पुगेका थिए

mulpatra mulpatra mulpatra

नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिकरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै उनले एमालेको सामान्य सदस्यमात्रै भएर पनि राष्ट्रिय एजेन्डामा काम गर्ने बताइन् ।

पार्टी कार्यालयमा भण्डारीलाई जिल्ला र विराटनगर महानगरपालिकाका नगर नेतृत्वले स्वागत ग¥यो । जिल्ला र नगरको नेतृत्व भण्डारी पक्षकै छ । विद्या भण्डारी आउँदा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ता गएनन् ।

मुख्यमन्त्री कार्कीले भण्डारीलाई उनी बसेको होटल बिगमा गएर भेटघाट गरे । कार्कीसँगै आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र खानेपानी मन्त्री एकराज कार्की पनि साँझ भण्डारीलाई भेट्न पुगेका थिए ।

Image Source: © https://mulpatra.com

४५ वर्षअघि एमालेको सदस्यता लिएको भन्दै उनले पार्टी सदस्य पनि विराटनगरबाटै भएको र शपथ खाएको स्मरण गर्दै विराटनगर, मोरङ गृहजिल्ला, गृहनगरजस्तो लाग्ने बताइन् । भण्डारी २०४२ सालमा अनेमसंघ मोरङको संयोजक हुँदा महेशकी पत्नी सावित्रा सहसंयोजक थिइन् । पछि जिल्ला अध्यक्षमा भण्डारी निर्वाचित हुँदा उनी सचिव भइन् ।

एमालेका मात्र होइन, भण्डारीलाई भेट्न नेकपा एसका नेता–कार्यकर्ताको पनि होटल बिगमा लर्को लाग्यो । नेकपा एसका नेता महेश रेग्मी श्रीमतीसमेत लिएर भण्डारीलाई भेट्न गएका थिए । एमाले मोरङको अध्यक्ष भइसकेका रेग्मी नेकपा एसको प्रदेश अध्यक्षमा पराजित भएपछि पार्टीमा अलि सेलाएका छन् ।

पार्टी कार्यालयमा भण्डारीलाई जिल्ला र विराटनगर महानगरपालिकाका नगर नेतृत्वले स्वागत ग¥यो । जिल्ला र नगरको नेतृत्व भण्डारी पक्षकै छ । विद्या भण्डारी आउँदा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ता गएनन् ।