रास्वपाको आज बन्द सत्र र भोली निर्वाचन

रास्वपाको आज बन्द सत्र र भोली निर्वाचन
  • ८ असार २०८३, सोमबार ०८:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ भने भोलि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा पार्टीका अनुशासन, आर्थिक, सङ्गठनात्मक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरी छलफल र अनुमोदन गरिने कार्यक्रम तय गरिएको छ।

mulpatra

बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ । बन्दसत्रमा चार हजारभन्दा बढी प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकको सहभागिता रहने जनाइएको छ। बिहान १० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुने छ । बिहान १०ः४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । ११ः४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ ।

बन्दसत्रको अन्तिम चरणमा सभापति रवि लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन् भने आयोजक समितिले सम्पूर्ण जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ। त्यसपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवार मनोनयन प्रक्रिया सुरु गर्नेछ। आज दिउँसोदेखि उम्मेदवार मनोनयन दर्ता, दावी–विरोध, नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशनका कार्यक्रम सञ्चालन हुनेछन्।

mulpatra mulpatra mulpatra

रास्वपाको नयाँ नेतृत्व चयनका लागि असार ९ गते मंगलबार बिहान ८ः३० बजेदेखि मतदान सुरु हुनेछ। एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणको मतदान सम्पन्न भएपछि मतगणना गरी परिणाम सार्वजनिक गरिने र आवश्यक परे दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने कार्यक्रम रहेको छ। महाधिवेशनको उद्घाटन सत्र शनिबार चितवनको गेष्टहाउस चौरमा सम्पन्न भएको थियो।