सिभिल मलबाट प्रहरीले बरामद गर्याे खेलौना पेस्तोल, कामदार नियन्त्रणमा

काठमाडौं– सुन्धारास्थित सिभिल मलबाट प्रहरीले खेलौना हतियार बरामद गरेको छ । प्रहरीका अनुसार उक्त स्टोरमा सक्कलीजस्तै देखिने खेलौना हतियार बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको हो ।
प्रहरी वृत्त जनसेवाको टोलीले सिभिल मलको पाँचौँ तलामा रहेको द टोय स्टोरमा खानतलासी गर्दा खेलौना पेस्तोल फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । उक्त स्टोर धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ३ की सन्तोषी श्रेष्ठको हो ।
खानतलासीका क्रममा प्रहरीले विभिन्न कम्पनीका ६ थान सक्कलीजस्तै देखिने नक्कली हतियार बरामद गरेको छ । खानतलासी गर्दा प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा पसलका कामदार सुरज मगरलाई पक्राउ परेका छन् ।