Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

माओवादी निर्वाचित गोरखा चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष लामा वैदेशिक रोजगारीमा जर्मनी लागे

माओवादी निर्वाचित गोरखा चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष लामा वैदेशिक रोजगारीमा जर्मनी लागे
  • ११ भाद्र २०८२, बुधबार १०:५९

काठमाडौं–गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा वैदेशिक रोजगारीका लागि जर्मनी गएका छन् । लामा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

mulpatra

उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै जर्मनी हानिएका हुन् । वडाध्यक्ष लामाले राजनीतिबाट सदाको लागी बिदा भएको निर्णयसहितको घोषणा गर्दै वैदेशिक रोजगारीमा गएको जानकारी गराएका छन् । उनले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर वैदेशिक रोजगारीमा गएका छन् ।

वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र गाउँपालिकामा आएको छ। फर्किने नफर्किने विषयमा कुनै जानकारी आएको गाउँपालिकाका सूचना अधिकारी सन्दीप रेग्मीले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

लामाको फेसबुक स्टाटस

‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो । तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अब देखि यो राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले फेसबुकमा लेखेका छन् ।