Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अबैध प्लटिङ रोक्न अभियान चलाउँदा बिचौलियाको प्रलोभनमा परी पौडेलको सरुवा गर्न तातिकी ढकाल

अबैध प्लटिङ रोक्न अभियान चलाउँदा बिचौलियाको प्रलोभनमा परी पौडेलको सरुवा गर्न तातिकी ढकाल
  • ११ भाद्र २०८२, बुधबार १७:३९

काठमाडौं– काठमाडौ उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्त कार्यालयले अवैध प्लटिङ रोक्न अभियान सुरु गरेका छन् । अवैध प्लटिङ रोक्न महत्वपूर्ण काम गदै आएका कानुन अधिकृत घनश्याम पौडेललाई सरुवाको पत्र पठाइएको छ ।

mulpatra

उनलाई उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले २४ घण्टाभित्र रमाना लिनेगरी सरुवा गरेको पत्र पठाएकी छन् । किनभने पौडेलले अतिक्रमण भएको सरकारी जग्गा संरक्षण गर्न र अवैध प्लटिङ रोक्न महत्वपूूूण भूमिका निभाउँदै आएका छन् । पौडेल प्राधिकरणको पुनरावेदन समितिका रजिष्टार र संचालक समितिका बोर्ड सचिव पनि हुन् ।

ढकालले एक महिनाअघि पौडेललाई प्राधिकरण अन्तगर्तको भेल्पा आयोजनाका आयोजना प्रमुुखमा सरुवा गरेकी थिइन् । त्यतिबेला पौडेलले आफूलाई सरुवा गर्न कानुनी रुपमा नमिल्ने भएकाले भेल्पा जान मानेका थिएनन् तर विकास आयुक्त ढकालले यो विषयलाई आफ्नो प्रतिष्ठामात्र ठानिनन्, सरकारी जग्गा अतिक्रमण गर्ने विचौलियाको प्रभावमा परिन् ।

mulpatra mulpatra mulpatra

काठमाडौ जिल्ला आयुक्त कार्यालयले हाल ९४ ठाउँमा अवैध प्लटिङ रोक्का गरेको छ । रोक्का गरिएको अवैध प्लटिङ फुकुवा गर्न ढकाल सक्रिय भएर लागेकी छन् ।

बिचौलियाहरुले आयुक्त जानुका ढकाललाई पौडेलको सरुवा गर्न दबाब दिइरहेका छन् । ‘बिचौलियाको दबाबमा परेर पौडेललाई २४ घण्टाभित्र रमाना बुझी भेल्पा आयोजनामा जान पत्र पठाउनुभएको प्रष्ट भएको प्राधिकरणका एक उच्च कर्मचारीले जानकारी दिए । उच्च अदालतको रजिष्टारसरह उनले अधिकार प्रयोग गर्न पाउँछन् । त्यसैले उनलाई विकास आयुक्तले सरुवा गर्न मिल्दैन । यो भनेको न्यायालयलाई प्रभाव पारेको हो ।

ढकालले एउटा सरकारी गाडी आफ्नो श्रीमानलाई उपहारस्वरुप प्रयोग गर्न दिएकी छन् । यसबारेमा खोजीनीति गरेकाले जानुका काठमाडौं विकास आयुक्त बस्नेत र पौडेलसँग रुष्ट भएकी हुन् ।

Image Source: © https://mulpatra.com

अबैध प्लटिङको विषयमा जानकारी गराउन काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र कानुन अधिकृत पौडेलले गत बिहीबार पत्रकार सम्मेलन गर्न खोज्दा ढकालले पत्रकार सम्मेलन गर्ने हल नै उपलब्ध गराइनन् । बिचौलियाको दबाबमा परेर ढकालले पत्रकार सम्मेलनको कार्यक्रमसमेत राक्ने प्रयास गरेकी थिइन् । बस्नेत र पौडेलले प्राधिकरण परिसरमा पत्रकार सम्मेलन गरेका थिए । जब कि पत्रकार सम्मेलनबारे बस्नेतले पहिले नै ढकाललाई जानकारी गराएका थिए ।