अबैध प्लटिङ रोक्न अभियान चलाउँदा बिचौलियाको प्रलोभनमा परी पौडेलको सरुवा गर्न तातिकी ढकाल
काठमाडौं– काठमाडौ उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्त कार्यालयले अवैध प्लटिङ रोक्न अभियान सुरु गरेका छन् । अवैध प्लटिङ रोक्न महत्वपूर्ण काम गदै आएका कानुन अधिकृत घनश्याम पौडेललाई सरुवाको पत्र पठाइएको छ ।

उनलाई उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले २४ घण्टाभित्र रमाना लिनेगरी सरुवा गरेको पत्र पठाएकी छन् । किनभने पौडेलले अतिक्रमण भएको सरकारी जग्गा संरक्षण गर्न र अवैध प्लटिङ रोक्न महत्वपूूूण भूमिका निभाउँदै आएका छन् । पौडेल प्राधिकरणको पुनरावेदन समितिका रजिष्टार र संचालक समितिका बोर्ड सचिव पनि हुन् ।
ढकालले एक महिनाअघि पौडेललाई प्राधिकरण अन्तगर्तको भेल्पा आयोजनाका आयोजना प्रमुुखमा सरुवा गरेकी थिइन् । त्यतिबेला पौडेलले आफूलाई सरुवा गर्न कानुनी रुपमा नमिल्ने भएकाले भेल्पा जान मानेका थिएनन् तर विकास आयुक्त ढकालले यो विषयलाई आफ्नो प्रतिष्ठामात्र ठानिनन्, सरकारी जग्गा अतिक्रमण गर्ने विचौलियाको प्रभावमा परिन् ।
काठमाडौ जिल्ला आयुक्त कार्यालयले हाल ९४ ठाउँमा अवैध प्लटिङ रोक्का गरेको छ । रोक्का गरिएको अवैध प्लटिङ फुकुवा गर्न ढकाल सक्रिय भएर लागेकी छन् ।
बिचौलियाहरुले आयुक्त जानुका ढकाललाई पौडेलको सरुवा गर्न दबाब दिइरहेका छन् । ‘बिचौलियाको दबाबमा परेर पौडेललाई २४ घण्टाभित्र रमाना बुझी भेल्पा आयोजनामा जान पत्र पठाउनुभएको प्रष्ट भएको प्राधिकरणका एक उच्च कर्मचारीले जानकारी दिए । उच्च अदालतको रजिष्टारसरह उनले अधिकार प्रयोग गर्न पाउँछन् । त्यसैले उनलाई विकास आयुक्तले सरुवा गर्न मिल्दैन । यो भनेको न्यायालयलाई प्रभाव पारेको हो ।
ढकालले एउटा सरकारी गाडी आफ्नो श्रीमानलाई उपहारस्वरुप प्रयोग गर्न दिएकी छन् । यसबारेमा खोजीनीति गरेकाले जानुका काठमाडौं विकास आयुक्त बस्नेत र पौडेलसँग रुष्ट भएकी हुन् ।
अबैध प्लटिङको विषयमा जानकारी गराउन काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र कानुन अधिकृत पौडेलले गत बिहीबार पत्रकार सम्मेलन गर्न खोज्दा ढकालले पत्रकार सम्मेलन गर्ने हल नै उपलब्ध गराइनन् । बिचौलियाको दबाबमा परेर ढकालले पत्रकार सम्मेलनको कार्यक्रमसमेत राक्ने प्रयास गरेकी थिइन् । बस्नेत र पौडेलले प्राधिकरण परिसरमा पत्रकार सम्मेलन गरेका थिए । जब कि पत्रकार सम्मेलनबारे बस्नेतले पहिले नै ढकाललाई जानकारी गराएका थिए ।
