Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

१८–३५ वर्षका मात्र युवा

१८–३५ वर्षका मात्र युवा
  • १२ भाद्र २०८२, बिहीबार १०:३७

काठमाडौं– मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा नेपाली युवाको उमेर १८–३५ वर्ष कायम भएकाले अब सोही समूहकालाई ‘युवा’ भनिने छ । यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति–२०७२ मा युवाको उमेर समूह १६–४० वर्ष थियो ।

mulpatra

युवा नीति २०८२ ले युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने विषयलाई मुख्य ध्येय बनाएको छ ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले ‘राष्ट्रिय रुपमा बालबालिका ऐनले १८ वर्षसम्मकालाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय परिवेशलाई समेत मध्यनजर गरेर युवाको नयाँ परिभाषा गरिएको जानकारी दिए ।

mulpatra mulpatra mulpatra

परिमार्जित राष्ट्रिय युवा नीतिमा भनिएको छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ उनको भनाइ छ । उनका अनुसार नयाँ युवा नीतिले ‘स्वस्थ, शिक्षित, सकारात्मक सोचयुक्त, नैतिकवान्, उद्यमशील, सिर्जनशील, कर्तव्य तथा दायित्वप्रति निष्ठावान् र अधिकारप्रति सचेत युवा शक्तिको विकास, संरक्षण र परिचालन गर्न’ जोड दिएको छ ।

युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउन नयाँ युवा नीतिमा स्टार्टअप, व्यवसाय सम्बर्धन केन्द्र, एकल बिन्दु सेवा केन्द्र, करिअर काउन्सिलिङ जस्ता कार्यक्रममा जोड दिइएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले जानकारी दिए । यसैगरी युवा नीतिमा भनिएको छ, ‘अनुसन्धान, अन्वेषण र प्रविधिमा युवाको समावेशी सहभागिता, सहज पहुँच, उच्चतम उपयोग र साइबर सुरक्षा सुनिश्चित गरी प्रविधिमैत्री राष्ट्र निर्माण गरिनेछ ।’

ाष्ट्रको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा दीगो विकासमा युवा परिचालनको सुनिश्चितता गर्न एवम् राष्ट्रियताको भावना जागृत गराउँदै समाज रूपान्तरण र राष्ट्र निर्माणमा युवाहरूको नेतृत्वदायी भूमिका बढाउन’ युवा नीतिमा जोड दिइएको छ ।

Image Source: © https://mulpatra.com

व्यावसायिक सुरक्षाको प्रत्याभूति, व्यवसायिक बीमा, सहुलियतपूर्ण कर्जा र कर छुट तथा उत्पादनको बजारीकरण मार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी मानव पुँजी निर्माणमा यस नीतिले सहयोग पुग्ने विश्वास छ ।

विभिन क्षेत्रमा रोजगारी र स्वरोजगारीका कार्यक्रम, परम्परागत सिपको आधुनिकीकरण, परिमार्जन, हस्तान्तरण, हरित कृषि रोजगार कार्यक्रम र सीपमूलक एवम् व्यावसायिक तालिम, अवसर तथा पुरस्कार सहितका उद्यमशीलता प्रतियोगिता सञ्चालन गर्ने बारे पनि युवा नीतिमा समेटिएको छ ।