Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

९ यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट वितरण, थप ७ मा १ असोजदेखि

९ यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट वितरण, थप ७ मा १ असोजदेखि
  • १५ भाद्र २०८२, आईतवार १६:३१

काठमाडौं– सरकारले इम्बोस्ड नम्बर अनिवार्य गरेसँगै अहिले विभिन्न ९ वटा कार्यालयबाट यसको जडान भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

mulpatra

विभागका अनुसार बागमती प्रदेशका हकमा यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा मकवानपुर र यातायात व्यवस्था कार्यालय गुर्जुधारा र सवारी परीक्षण कार्यालय टेकुमा इम्बोस्ड नम्बर जडान भइरहेको छ ।

गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय कास्की पोखरामा जडान सुरु भएको छ । लुम्बिनी प्रदेशमा यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवल, दाङ तुल्सीपुर र नेपालगञ्ज बाँकेबाट समेत यसको जडान भइरहेको छ । कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालय सुर्खेतबाट जडान थालिएको छ ।

mulpatra mulpatra mulpatra

यी हुन् १ असोजदेखि जडान सुरु हुने कार्यालय

विभागका अनुसार १ असोजदेखि भने थप ७ कार्यालयबाट इम्बोस्ट नम्बर जडान थालिने भएको छ । सुदूरपश्चिमका हकमा यातायात व्यवस्था कार्यालय धनगढी र कञ्चनपुरमा सोही दिनबाट इम्बोस्ड नम्बर जडान थालिने छ ।

मधेशका हकमा यातायात व्यवस्था कार्यालय लहान सिरहाबाट जडान सुरु हुने भएको छ । बागमतीको चितवन, कोशीमा सुनसरी इटहरी र झापा बिर्तामोडमा १ असोजदेखि जडान थालिने भएको छ ।

Image Source: © https://mulpatra.com

संघ, प्रदेशका मन्त्रीस्तरीय विषयगत समिति बैठकले इम्बोस्ड नम्बर प्लेट जडान तीव्रता दिन १ असोजदेखि सवारीसाधन दर्ता, नामसारी वा नवीकरणमा इम्बोस्ड नम्बर अनिवार्य गरेको छ । विभागले आफूलाई पायक पर्ने समय र कार्यालय गएर यस्तो नम्बर प्लेट राख्न समेत भनेको छ ।

यसबाट निकट भविष्यमा सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भई सवारीसाधनको विवरण डिजिटाइज हुनेछ । यसका लागि सरकारले सबै प्रदेश समेट्ने गरी मुख्य प्रवेशद्वार वा प्रवेश बिन्दुमा नेपालभरि १० स्थानमा आरएफआईडी गेट बनाउने भएको छ । यसमध्ये काठमाडौंको २ स्थानमा निर्माण सम्पन्न भई प्रयोगमा समेत ल्याइसकिएको विभागले जनाएको छ ।