चीनको जीएसआईमा नेपालले सहमति नजनाएको प्रधानमन्त्रीका सल्लाहकारको प्रष्टोक्ति
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स ९जीएसआई० मा समर्थन नगरेको बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा शनिबार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको द्विपक्षीय भेटवार्तामा नेपालले जीएसआईमा समर्थन जनाएको उल्लेख थियो ।
प्रधामन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीचको भेटवार्तामा सहभागी पूर्वअर्थमन्त्री समेत रहेका डा। खतिवडाले यसको खण्डन गरेका छन् । नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध नेपाल सरकार कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अङ्ग नबन्ने उनले बताएका हुन् ।
![]() |
![]() |
![]() |
|---|
शांघाइ सहयोग स्रगठन ९एससिओ० प्लस को शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भदौ १४ गते तियानजिनमा द्विपक्षीय भेटवार्ता भएको थियो ।
भेटपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘नेपाल चीनद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ ९जीडीआई०, ग्लोबल सेक्युरिटी इनिसिएटिभ ९जीएसआई० र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ ९जीसीआई० लाई समर्थन गर्दछ’ भनिएको छ ।
‘प्रधानमन्त्री ओलीको यो भ्रमण मुलतस् एससिओ प्लस को शिखर सम्मेलनका लागि हो । सामान्यत स् यस्ता सम्मेलनका साइडलाइन वार्तामा कुनै सहमति र समझदारीमा हस्ताक्षर हुँदैन र गरिएको छैन । सहमति नै नभएको विषयमा नेपाल जिएसआइको पक्ष बन्यो भन्ने ढङ्गले प्रचार गरिनु विल्कुलै गलत छ,’ डा। खतिवडाले भने ।
Image Source: © https://mulpatra.com
डा खतिवडाले दुई मुलुकबीच यसअघि भएका बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) को फ्रेमवर्कलगायत सहमति र सम्झौताका कार्यान्वयनका लागि दुवै पक्षले प्राथमिकता दिने विषयमा छलफल भएको बताए ।
जिएसआइमा नेपालले समर्थन जनाएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएको सन्दर्भमा समेत डा। खतिवडाले खण्डन गरेका छन् । चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा नेपालले जीसीआईमा समर्थन जनाएको उल्लेख भएकोमा डा। खतिवडाले भने त्यसलाई झुटो भनेका हुन् ।



