बर्डफ्लु देखिएपछि सदर चिडियाखाना बन्द
काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा रहेका चरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

चिडियाखानाले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सर्वसाधारणको अवलोकन बन्द गर्ने निर्णय गरेको जनाएको छ। चरा तथा वन्यजन्तुमा बर्डफ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि संकलन गरिएका नमुनाको पशु सेवा विभागमा परीक्षण गरिएको थियो। परीक्षणको रिपोर्टमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको हो।
सदर चिडियाखानाका अनुसार बिहीबार साँझ प्राप्त प्रयोगशाला प्रतिवेदनले बकुल्ला, लाटोकोसेरो र गिद्धमा र नीरबिरालो र चरीबाघमा पनि बर्डफ्लु संक्रमण देखिएको पुष्टि गरेको हो। संक्रमण नियन्त्रणका लागि चिडियाखानाभित्र जैविक सुरक्षा उपायहरू कडाइका साथ लागू गरिएको उनले बताए।
![]() |
![]() |
![]() |
|---|
चिडियाखाना प्रशासनले संक्रमण थप फैलिन नदिन आवश्यक सतर्कता अपनाइएको जनाएको छ। साथै, सर्वसाधारणलाई अर्को सूचना जारी नभएसम्म चिडियाखाना अवलोकनका लागि नआउन आग्रह गरिएको छ।



