Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बालेन सरकारको नाम कि बदनाम कामदार ठगिएको र नीतिगत सुधार छैन चासो

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्कीबालेन सरकारको नाम कि बदनाम कामदार ठगिएको र नीतिगत सुधार छैन चासो
  • ५ असार २०८३, शुक्रबार १६:२९

काठमाडौं– वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यले वैदेशिक रोजगार व्यवसायीहरूलाई पछिल्लो समय कानुनीको नाम लिएर सास्ती दिएको गुनासो बढ्दो छ ।

mulpatra

उनले तत्कालिन मुख्यसचिव एकनारायण अर्याल प्रधानमन्त्री कार्यलयमा कार्यरत सहसचिव भिष्मराज भुसालको आडमा म्यानपावर व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगाउने धम्की दिने गरेको व्यवसायीहरुले आपक्ति समेत जनाउन थालेका छन् ।

सामान्य मुद्धामा समेत महानिर्देशकले अध्ययन नै नगरी व्यवसायीलाई हप्काइ–दप्काइ गरिरहेको र उनले कानुनभन्दा माथि अख्तियार दुरुपयोग अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगाएर तह लगाउने गरी धम्काउने गरेको व्यवसायीको आरोप छ ।

mulpatra mulpatra mulpatra

यसैसँग सम्बन्धीत भिडियो पनि

आचार्य पुर्व मुख्यसचिव एकनायारण अर्यालकै टिमकी कर्मचारीहरु हुन् । हाल प्रधानमन्त्री कार्यालयका कार्यरत भिष्म भुसालले उनीहरुकै टिमका कर्मचारी हुन् । भुसाल पनि विभागका पुर्वमहानिर्देशक हुन् । अहिले उनै भुसाल र अर्यालको निर्देशनमा आचार्यले म्यानपावर व्यवसायीमाति एक्सन लिने गरेको गुनासो बढ्दो छ । मूलपत्रले यस विषयमा बुझन पटक–पटक फोन गर्दा समेत महानिर्देशक आचार्यले वेवास्ता गरिन ।

फेरी मूलले वैदेशिक रोजगार विभागकी महानिर्देशक आचार्यले म्यानपावर व्यवसायीलाई अख्तियार र सम्पति शुद्धीकरण लगाउँछु भनेर धम्क्याउन मिल्छ कि मिल्दैन भनेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरेलाई सोधेका थियौ । उनले त्यसरी कुनैपनि व्यवसायी, संस्था र व्यक्तिलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगाउछु भनेर धम्क्याउन नमिल्ने प्रतिक्रिया दिए । साथै कानुनी धम्की दिनुपनि कानुनविपरित भएको उनले बताए ।

Image Source: © https://mulpatra.com

यही विषयमा कुनैपनि निकायको नेतृत्वमा रहेका व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान विभाग लगाउछु भनेर नियमन गर्ने निकायले पाउँछ भने अनुसन्धान विभागकै प्रवक्ता सुरेश न्याउपानेलाई पनि सोधेका थियौ । उनले पनि अख्तियार दुरुपयोग अनुसन्धान विभागले के गर्ने प्रष्ट कानुनी दायरा भएका कारण त्योभन्दा बाहिर गएर कसैलाई पनि काम गर्ने अधिकार नभएको जानकारी दिए ।

वैदेशिक रोजगार ऐनमा म्यानपावर व्यवसायीलाई गलत गरेबापत कारवाही गर्ने प्रष्ट कानुनी व्यवस्था छ । तर अख्तियार दुरुपयोग अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको किन धम्की दिइन त भन्ने अर्को प्रश्न हो । ऐनमा टेकेर कारवाही गर्ने अधिकार भएपनि उनको उक्त व्यवहार नै शंकाजन भएको विभागकै कर्मचारीको आरोप छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com