Close

Recent Posts

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त
  • १६ भाद्र २०८२, सोमबार १७:१५

काठमाडौं– सरकारले विशेष अदालतको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

mulpatra

न्याय परिषद्को रायमा उनीहरुलाई सरकारले नियुक्त गरेको हो। यसअघिका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएपछि भट्टलाई अध्यक्ष बनाइएको हो ।

त्यस्तै सदस्यहरूमा उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश उमेश कोइरालालाई तोक्ने निर्णय गरेको हो ।

mulpatra mulpatra mulpatra

त्यस्तै सरकारले अन्य विभिन्न २४ वटा निर्णय गरेको छ ।