Close

Recent Posts

जापान संस्थागत कामदार पठाउने बाटो खुल्यो, चाँडै डिमाण्ड प्रमाणिकरणको काम सुरु

जापान संस्थागत कामदार पठाउने बाटो खुल्यो, चाँडै डिमाण्ड प्रमाणिकरणको काम सुरु
  • १७ भाद्र २०८२, मंगलवार १६:५९

काठमाडौं– वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउनका लागि बाटो खुलेको छ । जापानमा दक्ष सीप भएका कामदार पठाउन सन् २०१९ मा नै दुई देशबीच समझदारी भएको थियो । तर, उक्त समझदारी भएको करिब ६ वर्षपछि मात्रै जापान कामदार जाने बाटो खुलेको हो ।

mulpatra

जापानस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गदैै जापानको संस्थागत कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रचार समेत गरेको छ ।

यसै सम्झौताका आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमानिश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ गत वर्ष ल्याएको थियो । यही कार्यविधिका आधारमा वैदेशिक रोजगारीका लागि नयाँ र आकर्षक गन्तव्य सुनिश्चित भएको हो ।

नेपाली कामदारलाई दक्षिण कोरिया र इजरायलजस्तै सरकारी तवरबाटै जापानमा रोजगारीको अवसर दिने गरी दुई देशका सरकारबीच २०७५ चैत १२ गरे सहकार्यको समझदारी (एमओसी) भएको थियो ।

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जापानमा सीपयुक्ति श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० अनुसार मागपत्र प्रमाणिकरण सुरु हुन्छ । श्रम मन्त्रालयले कार्यविधि अनुसार पत्र पठाउनेबित्तिकै संस्थागत मात्र प्रमाणिकरणको काम अघि बढ्न उनले बताए ।

दूतावासको पत्र