Close

Recent Posts

ट्रम्पलाई सिले २ देशबीच झडप हुनेछ सम्भावना किन देखाए

ट्रम्पलाई सिले २ देशबीच झडप हुनेछ सम्भावना किन देखाए
  • ३१ बैशाख २०८३, बिहीबार १९:५२

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकासँगको सम्बन्धलाई ‘रचनात्मक, रणनीतिक र स्थिर’ भनी व्याख्या गरेका छन् । चीन–अमेरिका सम्बन्धको यो नयाँ व्याख्या हो ।

mulpatra

अब यही दृष्टिकोण राखेर द्विपक्षीय सम्बन्धलाई आगामी तीन वर्ष र त्यसपछिसम्म निर्देशित गर्न सी र डोनाल्ड ट्रम्प सहमत भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

दुई नेताबीच बेइजिङमा भएको भेटपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार सीले ट्रम्पलाई भने, ‘चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको सार आपसी लाभ र दुवै पक्षको जित हुने सहकार्य हो । र, दुवै पक्षले कडा संघर्षबाट प्राप्त सकारात्मक गतिलाई कायम राख्न मिलेर काम गर्नुपर्छ ।’

mulpatra mulpatra mulpatra

सीले अमेरिकी व्यवसायका लागि चीनको ढोका पहिलेभन्दा अझ बढी खुला हुने आश्वासन पनि दिए ।

दुई नेताले पश्चिम एसिया, युक्रेन र कोरियाका विषयमा पनि छलफल गरेका छन् । तर, द्विपक्षीय वार्तामा सीको सबैभन्दा ठूलो जोड भने ताइवानमा थियो । उनले चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा ताइवान भएको स्पष्ट पारे।

‘राम्ररी सम्हाल्ने हो भने हाम्रो द्विपक्षीय सम्बन्धमा समग्र स्थिरता कायम राख्न सकिन्छ। यदि ठिकसँग सम्हालिएन भने दुई देशबीच झडप र द्वन्द्व समेत हुनेछ। त्यसले चीन–अमेरिका सम्बन्धलाई निकै खतरनाक परिस्थितितिर धकेल्नेछ,’ सीले ट्रम्पलाई भने।

Image Source: © https://mulpatra.com

सीले आजै ट्रम्पको सम्मानमा राजकीय भोज दिनेछन्। शुक्रबार पुनः दुई नेताबीच छलफल हुनेछ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com