Close

Recent Posts

१०० दिन रास्वपा र राप्रपाको प्रतिनिधि सभाको बैठक बहिष्कार

१०० दिन रास्वपा र राप्रपाको प्रतिनिधि सभाको बैठक बहिष्कार
  • १८ भाद्र २०८२, बुधबार १४:१४

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रतिनिधि सभाको बैठक बहिष्कारले एक सय दिन पार गरेको छ । १५ जेठमा बजेट प्रस्तुत गर्न दिएता पनि बाँकी बैठकका गतिविधिमा भाग लिएका छैनन् ।

mulpatra

भिजिट भिसाका नाममा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन हुने गरेको विषयमा अध्ययन गर्न उच्चस्तरीय न्यायीक आयोग गठन हुनुपर्ने माग राखेर दुवै दलले १३ जेठ २०८२ देखि प्रतिनिधि सभाको बैठक कहिष्कार गर्दै आएका छन् ।

दुवै दलका सांसदहरू प्रतिनिधि सभाको बैठक सुरु भएपछि उठेर विरोध गर्छन । सभामुखले समय दिएपछि आफ्ना कुरा राख्छन् । भिजिट भिसा प्रकरणमा निश्पक्ष छानबिन हुनुपर्ने माग यथावत रहेको र यो माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताउँछन् र बैठक कक्षबाट बाहिरिन्छन् ।

mulpatra mulpatra mulpatra

यस्तो कार्य गर्दै आएको १०० औं दिन आज पनि प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै रास्वपाका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणका विषयमा आफूहरूको माग यथावत रहेको बताए ।

आफूहरू दुई मिनेट बोलेर निस्केपछि अरू दलले विरोध गर्ने गरेको तर, सरकारले माग पुरा गर्नेतर्फ ध्यान नदिएको उनले बताए । राणा शासनमा समेत विरोध गर्नेलाई निस्तेज पारिएको स्मरण गर्दै उनले लोकतन्त्रमा समेत दलीयकरण हावी भएको र दलीय करणले विरोधलाई नसुनेको टिप्पणी गरे ।

राजनीतिक दलहरूको व्यवहारअनुसार आगामी निर्वाचनमा जनताले मत दिने पनि उनले विश्वास व्यक्त गरे । ‘२०८४ मा आम नागरिक बोल्छन्, लोकतन्त्र बोल्छ, प्रवासी नेपाली बोल्छन्, देश बोल्छ’ उनले भने ।

Image Source: © https://mulpatra.com

राजनीतिक संस्कारका देश निर्माणको सम्भावना खोजिरहेको बताए । संविधानका शब्दका मर्म र भावना अनुसार लोकतन्त्रलाई सुदृढ कसरी बनाउन सकिन्छ भनेर दृढ रहेर कार्य गर्दै आएको बताए ।

राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले आफूहरू निरन्तर भिजिट भिसा प्रकरणको छानबिनको मागमा रहेको बताए । आफूहरूको माग सम्बोधन नहुँदा देख्नेहरूलाई समेत लाज हुन थालिसकेको उनले बताए । त्यसपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिए ।

यस्तै गरी दुवै दलका सांसदले विगत एक सय दिन देखि प्रतिनिधि सभाको बैठकको कामकारबाही बहिष्कार गर्दै आएका छन् ।

जेठ महिनामा १९ दिन, असार महिनामा ३२ दिन, साउन महिनामा ३१ दिन, भदौ महिनाको १८ गतेसम्म १८ दिन गरेर एक सय दिन देखि रास्वपा र राप्रपाले प्रतिनिधि सभाको कामकारबाही बहिष्कार गर्दै आएका हुन् ।