Close

Recent Posts

उपत्यकामा इन्द्रजात्रा शुरु, बसन्तपुरमा लिङ्गो ठड्याइयो

उपत्यकामा इन्द्रजात्रा शुरु, बसन्तपुरमा लिङ्गो ठड्याइयो
  • १९ भाद्र २०८२, बिहीबार १२:५९

काठमाडौँ । उपत्यकाको सांस्कृतिक महत्त्व बोकेको इन्द्रजात्रा आजबाट सुरु भएको छ। राजधानीको वसन्तपुर दरबार स्क्वायरमा धार्मिक विधिअनुसार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर जात्राको सुरुआत गरिएको हो।

mulpatra

भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर सुरु हुने इन्द्रजात्रा आठ दिनसम्म विविध नाचगान, रथयात्रा र देवी–देवताको पूजा–आराधनासहित मनाइन्छ। लिङ्गो ठड्याइए पछि नेवार समुदायले विशेष रुपमा मनाउने यो पर्व उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा जात्रा शुरु गरिन्छ उपत्याका बाहिरका धुलिखेल, दोलखा लगायतका स्थानहरुमा समेत इन्द्रजात्रालाई मनाउने गरिन्छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना स्वरूप मनाइने यो जात्रा काठमाडौंमा हुने सबैभन्दा ठूलो, रमाइलो र महत्त्वपूर्ण पर्व मानिन्छ। नेपाल भाषामा यसलाई ‘यें यास्’ भनिन्छ, जसमा ‘यें’ भनेको कान्तिपुर नगर र ‘यास्’ भनेको मुख्य जात्रा भन्ने बुझिन्छ।

जात्राको अवसरमा दरबार स्क्वायर वरपर रहेका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गरेर रातो ध्वजा फेर्ने परम्परा छ। लिङ्गोको फेदमा भैरवको पूजा गरी शक्ति प्राप्त गर्ने विश्वाससमेत जोडिएको छ।

पर्वभरि भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच र ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच गराउने प्रचलन छ । इन्द्रध्वजको लिङ्गो ठड्याएको आठौं दिनमा ‘इन्द्रध्वज पातन’ गरी पर्व समापन गरिन्छ।