Close

Recent Posts

माछापुच्छ्रे बैङ्कले पायो वार्षिक प्रतिवेदन अवार्ड

माछापुच्छ्रे बैङ्कले पायो वार्षिक प्रतिवेदन अवार्ड
  • २० असार २०८३, शनिबार ०७:१६

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड (नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड) तर्फ काष्य पुरस्कार प्राप्त गरेको छ ।

mulpatra

बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासलाई आधार मानेर सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

यता बैंकले आफुले प्राप्त गरेको यस उपलब्धिले संस्थागत सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्डहरू अवलम्बन गर्दै सरोकारवालाप्रति उत्तरदायी रहने आफ्नो अभ्यासलाई थप मजबुत बनाउने विश्वास लिएको छ।

mulpatra mulpatra mulpatra

माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहक–मैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा योगदान दिँदै आएको जनाएको छ।बैङ्कको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो ।