Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

९० इन्टरनेट सेवा प्रदायकबाट फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय, १८ वटाबाट सञ्चालनमै

९० इन्टरनेट सेवा प्रदायकबाट फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय, १८ वटाबाट सञ्चालनमै
  • २० भाद्र २०८२, शुक्रबार १६:२१

काठमाडौं– ९० वटा इन्टरनेट सेवा प्रदायक संस्थाले फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नेपाल दुरसञ्चार प्राधिकरणले गराएको जानकारी अनुसार अहिले दिउसो २ बजेसम्म ९० वटा इन्टरनेट सेवा प्रदायक संस्थाले सरकारले निश्क्रिय गर्न निर्देशन दिएका सामाजिक सञ्जाल निश्क्रिय गराएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

mulpatra

उनका अनुसार नेपाल दुरसञ्चार प्राधिकरणले हिजो साँझ २ वटा इन्टरनेट सेवा प्रदायक संस्थाले सरकारले निश्क्रिय गर्न भनेको सामाजिक सञ्जाल निश्क्रिय गराएका थिए । अहिले दिउसो २ बजेसम्म ९० वटा सेवा प्रदायक संस्थाले निश्क्रिय गराएका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार अहिलेसम्म प्राधिकरणबाट १०८ वटा इन्टरनेट सेवा प्रदायक संस्थाले अनुमति लिइका छन् । सामाजिक सञ्जाल बन्द गर्नका लागि प्राधिकरणले विभिन्न ठाउँमा अनुगमन टोली नै खटाएको छ भने इन्टेरनेट सेवा प्रदायसँग निन्तर बैठक तथा छलफल गरिरहेको उनले बताए ।

mulpatra mulpatra mulpatra