Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

एमालेमा आज फरक मतसहितको प्रतिवेदन पेश, समूहगत छलफल थालिने

एमालेमा आज फरक मतसहितको प्रतिवेदन पेश, समूहगत छलफल थालिने
  • २१ भाद्र २०८२, शनिबार ०९:०२

काठमाडौं । नेकपा (एमाले) को जारी दोस्रो विधान महाधिवेशनमा आज फरक मतसहितको प्रतिवेदन पेश हुँदै छ । निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन सहित कर्ण थापाको फरक मत सहितको प्रतिवेदन पेश भएपछि समूहगत छलफल सुरु हुने भएको हो।

mulpatra

शनिबार ललितपुरको गोदावरी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।

शुक्रबार उद्घाटन सत्रमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गरेका थिए। तर, समयाभावका कारण अन्य प्रतिवेदन र थापाको फरक मत प्रस्तुत हुन सकेको थिएन।

mulpatra mulpatra mulpatra

आज चारवटै प्रतिवेदन पेस भएपछि सहभागी प्रतिनिधिलाई १० समूहमा विभाजन गरी समूहगत छलफल सुरु गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

शनिवार र आइतबार समूहगत छलफल भएपछि समूहबाट आएका सुझावमाथि नेतृत्वले जवाफ दिने र त्यसपछि पार्टी केन्द्रीय निर्वाचन आयोगमार्फत निर्वाचन प्रक्रिया आरम्भ हुने कार्यसूची छ। निर्वाचन आयोगका पदाधिकारी तथा सदस्य निर्वाचित गरेपछि विधान महाधिवेशन समसामयिक प्रस्तावसहित सम्पन्न हुने बताइएको छ।