Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेएजीको आन्दोलनलाई प्रसाईको समर्थन, युवासँगै पैसा विदेशीनबाट रोक्ने र भ्रष्टाचारविरुद्धकाे आवाजसहित उनीपनि उपस्थीति

जेएजीको आन्दोलनलाई प्रसाईको समर्थन, युवासँगै पैसा विदेशीनबाट रोक्ने र भ्रष्टाचारविरुद्धकाे आवाजसहित उनीपनि उपस्थीति
  • २२ भाद्र २०८२, आईतवार ११:१७

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक तथा परिर्वतनका अभियन्ता दुर्गा प्रसाईले जेएजी ग्रुपले सञ्चालन गरिरहेको आन्दोलनलाई जायज ठहर गरेका छन् । उनले आन्दोलनमार्फत उठाइएका मागहरू सर्वसाधारणको पक्षमा रहेको दाबी गर्दै आन्दोलनकारीलाई नैतिक समर्थन व्यक्त गरेका छन् ।

mulpatra

प्रसाईले शान्तिपूर्ण तरिकाले संघर्ष अघि बढाउन आग्रह गर्दै आफ्ना आवाजलाई दृढतापूर्वक प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री भइसकेका मानिसहरू संलग्न आरोप लागेका तर अझै पनि कानुनी दायरामा नआएका ललिता निवास जग्गा प्रकरण लगायत ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । यो आफनो पनि आवाज भएको प्रसाईले बताएका छ ।

तीनै नेताहरुले देशमा सुशासन, रोजगारी सिर्जनाको वातावरणलगायत हुनुपर्ने तिर नलागेको उनको आरोप छ ।

mulpatra mulpatra mulpatra

जेएजी ग्रुपले चलाइरहेको आन्दोलनलाई व्यावसायिक तथा सामाजिक अभियन्ता प्रसाईले खुलेर समर्थन गरेका छन् । प्रसाईले आन्दोलनको मागलाई जायज ठहर गर्दै आन्दोलनरत पक्षलाई साथ दिने घोषणा गरेका हुन् ।

प्रसाईले जेएजी ग्रुपले सञ्चालन गरिरहेको आन्दोलनलाई समर्थन छ । यो अहिलेको आवाज हो भन्दै उनले ग्रुपका मागलाई उचित ठहर गर्दै आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउन आग्रह गरेका छन् । प्रसाईका अनुसार आन्दोलनले उठाएका प्रश्नहरू आम नागरिकको हितसँग जोडिएका छन् र त्यसलाई सम्बोधन गर्न सरकार जिम्मेवार बन्नुपर्ने उनले बताएका छन् ।

प्रसाईले जेएनजी ग्रुपले सञ्चालन गरिरहेको आन्दोलनलाई शान्तिपूर्ण र परिणाममुखी बनाउन आग्रह गरेका छन् । आन्दोलनकारीको मागलाई जायज ठहर गर्दै उनले जिम्मेवार ढंगले संघर्षलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रसाईले आन्दोलनबाट समाज र नागरिकले प्रत्यक्ष फाइदा लिनुपर्ने र अनावश्यक अशान्ति सिर्जना नगरी मागहरू प्रस्तुत गर्न सरकारसँग माग पनि गरेका छन् ।

Image Source: © https://mulpatra.com

सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै भ्रष्टाचारको विरुद्धमा निरन्तर अभियान सञ्चालन गरिरहेको जनाएको छ । उनीहरूले भ्रष्टाचारले मुलुकको विकास अवरुद्ध बनाएको र आम नागरिकको भविष्य संकटमा पारिरहेको भन्दै तत्कालै सुधारका कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

प्रसाईको स्टाटस