Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
  • २४ भाद्र २०८२, मंगलवार ०८:०७

काठमाडौं । काठमाडौं उपत्यकामा सुरक्षा अवस्था नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

mulpatra

प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार साउन २४ गते बिहान ६ः३० बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौं महानगरपालिकाको विभिन्न क्षेत्रलाई समेटेर कर्फ्यू लागू गरिएको छ।

कर्फ्यू आदेशअनुसार बालकुमारी–पुतलीसडक–कान्तिपथ–सिनामंगल–गौशाला–चाबहिल–नारायणगोपाल चोक–मित्रनगर–बालाजु–स्वयम्भु–कालीमाटी–बल्खु हुँदै बागमती नदी पुतलीसडक चक्रपथभित्रका क्षेत्र प्रभावित हुनेछन्।

mulpatra mulpatra mulpatra

आदेशअनुसार उक्त क्षेत्रभित्र कुनै पनि प्रकारको भीडभाड, सभा, जुलुस, प्रदर्शन, बैठक तथा आवतजावत पूर्णरुपमा निषेध गरिएको छ।

तर, कर्फ्यू अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधन तथा हवाई यात्रुको आवतजावत भने विशेष पास र अनुमति अनुसार सञ्चालन गर्न पाइने छ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।

Image Source: © https://mulpatra.com