प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

जेन–जीको आन्दोलन चर्किएपछि ओलीले बैठक बोलाएका हुन् ।
