Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अहिले सम्म यी शीर्ष नेताका घरमा आक्रमण

अहिले सम्म यी शीर्ष नेताका घरमा आक्रमण
  • २४ भाद्र २०८२, मंगलवार १२:३८

काठमाडौं । काठमाडौंमा जारी जेनजी आन्दोलन तीव्र बन्दै जाँदा मुलुकका प्रमुख राजनीतिक नेताहरूको घरसमेत आक्रमणको निसानामा परेको छ। सोमबार भएको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान गएपछि आन्दोलन अझै आक्रामक बनेको छ।
आजको प्रदर्शन उग्र बन्दै गएपछि प्रमुख पार्टीका नेताहरुको घर निसानामा परेका छन् । नेपाली का्रंग्रेस सभापति, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री निवास, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास निसानामा परेका छन् ।

mulpatra

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् भने महामन्त्री गगन थापाको घरमा समेत ढुंगामुढा प्रहार भएको छ। त्यस्तै, कांग्रेस नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा समेत आगजनी भएको छ। कांग्रेसका अर्का नेता विमलेन्द्र निधिको घरमा समेत आगजनी भएको छ।

हिजोमात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको नैकापस्थित घरमा पनि प्रदर्शनकारीले आक्रमण गर्दै आगजनी गरेका छन्। लेखकमाथि आन्दोलन दबाउन कठोर कदम चालेको आरोप लाग्दै आएको थियो। राजीनामापछि समेत उनको निवास प्रदर्शनकारीको आक्रोशबाट जोगिन सकेन।

mulpatra mulpatra mulpatra

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट स्थित घरमा आक्रमण गर्न गएकालाई गोली चलाइए पछि प्रदर्शनकारी झन आक्रमक भएका छन् । सो घटनामा दुई जना गोली लागेर घाइते भएको बताइएको छ। एमाले नेता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा समेत आगजनी गरिएको छ।

यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवाससमेत प्रदर्शनकारीहरूको आक्रमणको निसानामा परेको छ।
प्रमुख राजनीतिक दलका नेताहरुको घर आक्रमणको निसानामा परेपछि आन्दोलनले हिंसात्मक रुप लिएको छ ।

Image Source: © https://mulpatra.com