प्रधानमन्त्री ओली थाइल्याण्ड, गृहमन्त्री लेखक भारतको गोर्खापुर र सञ्चारमन्त्री देहरादुन जाने तयारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरु विदेश भाग्न सक्ने तयारी गरिरहेको भन्दै जेनजी आन्दोलनकारीले गरे एयरपोर्ट अगाडी प्रदर्शनको तयारी थालेका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेनाको सहयोगमा चीन, सिंगापुर अथवा थाइल्याण्ड स्वास्थ्य उपचारका लागि जाने भनेर विमानस्थल अध्यागमनलाई हाईअलट बस्ने निर्देशक दिएको पाइएको छ ।
उनी विषेश त चीन जाने तयारी गरिरहेको र उनले हिजोदेखि हिमालयन एयरलाइन्सको उडान भर्ने दिएका छन् । ओली देशमै समस्यामा चीन जाने तयारीमा भएको छ । ओलीको स्वास्थ्यमा समस्या पनि भइरहेको एमाले स्रोतले जनाएको । जसका कारण उनी थाइल्याण्ड उपचारका लागि जाने तयारीमा रहेको उनीनिकट नेताहरुको भनाइ छ ।
गृहमन्त्री रमेश लेखक भारतको गोर्खापुर र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ भारतकै देहरादुन जाने तयारी गरिरहेका छन् । उनीहरुले सेनासँग सुरक्षा समेत मागेको पाइएको छ ।
विमानस्थलका एक उच्च कर्मचारीका अनुसार प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपचारका लागि बाहिर जाने भनेर सूचना आएको छ । तर यस विषयमा औपचारिक रुपमा सूचना नआएको ती कर्मचारीले जानकारी दिए । ओली
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न भनेर निस्किएका थिए ।
बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।
काठमाडौंमा जारी जेनजी आन्दोलन तीव्र बन्दै जाँदा मुलुकका प्रमुख राजनीतिक नेताहरूको घरसमेत आक्रमणको निसानामा परेको छ। सोमबार भएको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान गएपछि आन्दोलन अझै आक्रामक बनेको छ।
आजको प्रदर्शन उग्र बन्दै गएपछि प्रमुख पार्टीका नेताहरुको घर निसानामा परेका छन् । नेपाली का्रंग्रेस सभापति, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री निवास, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास निसानामा परेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् भने महामन्त्री गगन थापाको घरमा समेत ढुंगामुढा प्रहार भएको छ। त्यस्तै, कांग्रेस नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा समेत आगजनी भएको छ। कांग्रेसका अर्का नेता विमलेन्द्र निधिको घरमा समेत आगजनी भएको छ।