नियन्त्रण बाहिर जेनजी आन्दोदन भैँसेपाटीको मन्त्रीनिवासमा पनि आगो लगाइयो
काठमाडौं– ललितपुरसको भैँसेपाटीमा रहेको मन्त्री निवासमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारी रोक्न प्रहरीले सकिरहेको छैन ।

मन्त्री निवासमै आगो लगाइएपछि मन्त्री र तिनका परिवारलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा ओसारिँदै छ । सुरक्षा निकायका मुख्यालयहरूले उद्धार कार्यको समन्वय गरिरहेको उपत्यका प्रहरीका एक अधिकारीले जानकारी दिए ।
सरकारविरुद्धको आन्दोलन चर्किएपछि अहिले देशव्यापी आगजनी र तोडफोड भएको छ । संवेदनशील क्षेत्रहरु मानिएका प्रमुख दलका नेता र तीनका पार्टी कार्यालयहरु सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएका छन् ।
![]() |
![]() |
![]() |
|---|
राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढालीलकण्ठमा पनि आगजनी भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड भएको छ ।
मन्त्री निवास भैंसेपाटीमा पनि आगजनी भएको छ ।
परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित निवास तोडफोड र आगजनी भएको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित घरमा आगजनी भएको छ ।
Image Source: © https://mulpatra.com
ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ निवासमा आगजनी भएको छ । कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित निवासमा आगजनी भएको छ । एमालेका सचिव रघुविर महासेठको निवासमा आगजनी भएको छ । त्यस्तै एमाले नेता सुरेन्द्र पाण्डेको निवासमा पनि तोडफोड भएको छ ।
अहिले सुरक्षाकर्मीहरुले नेताहरुलाई सुरक्षित स्थानमा नेताहरुलाई ओसारिरहेका छन् ।



