Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

संवादबाट शान्तिपूर्ण समाधान निकाल्न सेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिल

संवादबाट शान्तिपूर्ण समाधान निकाल्न सेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिल
  • २४ भाद्र २०८२, मंगलवार १५:३६

काठमाडौं– मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरुले प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन् ।

mulpatra

मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडि, एपीएफका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले उक्त अपिल गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजिनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं’, लिखित वक्तव्यमा भनिएको छ ।

mulpatra mulpatra mulpatra