४८ घण्टामै राज्यका मुख्य निकाय जेनजीको कब्जामा
काठमाडौं– राज्य सञ्चालन गर्ने प्रायः सबै निकाय जेनजी प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन्। त्यो पनि ४८ घण्टामै राज्यका मुख्य निकाय कब्जामा पुगेको छ । मंगलबार प्रदर्शनकारीले काठमाडौँमा रहेको सिंहदरबार, नयाँ बानेश्वरमा रहेको संसद् भवन नियन्त्रणमा लिएर आगाजनी गरे। त्यो दुवै स्थान उनीहरूले पूर्णरुपमा कब्जामा छ ।

राज्यका मुख्य निकाय मध्येको एक न्यायपालिका (सर्वोच्च अदालत)मा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। क्षति पु¥याएका छन् । सोमबार सुरु भएको प्रदर्शनमा २० जना युवाको निधन भएपछि मंगलबार बिहानैदेखि आक्रोशित देखिएका युवाले सुरुमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताका निजी निवासमा आगजनी र तोडफोड गरेका थि ए।
त्यसक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा आरजु राणा देउवामाथि गम्भीर आक्रमण भएको। देउवाको अवस्था गम्भीर छ । त्यसपछि प्रदर्शनकारी संसद् भवन प्रवेश गरे र आगजनी गरे। त्यहाँबाट उनीहरू सिंहदरबारतर्फ अघि बढेका थिए। सिंहदरबारमा उनीहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रवेश गरेर तोडफोड गरे ।
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पनि प्रदर्शनकारीको आन्दोलन रोकिएको छैन। जबकि, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले संयमतमा अपनाउन सार्वजनिक रुपमा आग्रह गरिसकेका छन्। तर, उनीहरू रोकिएका छैनन् । नेतामाथि आक्रमण भइरहेका सूचना आउन थालेका छन् ।
प्रदर्शनकारीहरूले मिडिया हाउसमा पनि आक्रमण गरेका छन्। यो समाचार तयार पर्दासम्म प्रदर्शनकारीले शीतल निवास पनि जलाएका छन् ।



