Close

Recent Posts

जेनजी आन्दोलनलाई संम्बोधन गदै प्रधान सेनापति सिग्देल

जेनजी आन्दोलनलाई संम्बोधन गदै प्रधान सेनापति सिग्देल
  • २४ भाद्र २०८२, मंगलवार १७:४२

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले अहिलेको जेनजीको आन्दोलनका विषयमा सम्बोधन गर्ने भएका छन् । प्रधान सेनापति सिग्देल सम्बोधनका लागि तयारी गरिरहेको पाइएको छ ।

mulpatra

उनले सिग्देलले अहिले देशभर भइरहेको जेनजी आन्दोलनप्रति आफ्नो धारणा सार्वजनिक गर्ने उद्देश्यले सम्बोधन गर्ने भएका छन् । जेनजी आन्दोलनका एक युवाले जानकारी दिएअनुुसार प्रधान सेनापतिले देशको बदलिदो अवस्थाका बारेमा सम्बोधन गर्ने भएका हुन् ।

मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरुले प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन् ।

mulpatra mulpatra mulpatra

मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडि, एपीएफका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले उक्त अपिल गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजिनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं’, लिखित वक्तव्यमा भनिएको छ ।

नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ ।

Image Source: © https://mulpatra.com

यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ ।

सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ ।

देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् ।

यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । यसबीचमा सेनाले जारी गरेको यो विज्ञप्तिलाई चासोका साथ हेरिएको छ ।

‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ नेपाली सेनाले भनेको छ ।

सेनाले अघि भनेको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’