Close

Recent Posts

राति नै भागेका थिए टोपबहादुर रायमाझीसहित ३ हजार कैदी, पाण्डेको फोन म पछि आउँछु

राति नै भागेका थिए टोपबहादुर रायमाझीसहित ३ हजार कैदी, पाण्डेको फोन म पछि आउँछु
  • २५ भाद्र २०८२, बुधबार १५:२५

काठमाडौं– सुनधारास्थित कारागारबाट ३ हजार बढी कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका ३ हजार ८०० बढी कैदीमध्ये अहिले ५ सय हाराहारी कैदीमात्रै कारागारमा रहेको बताइएको छ ।

mulpatra

उनीहरू गए राति नै भागेका हुन् । भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि छन्। रायमाझीसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि भागेका छन् । राति करिब ११ बजे उनीहरू गेट फोडेर भागेका हुन्।

नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको थाहा पाएपछि सुनधारा कारागारमा पनि कैदीले प्रदर्शन थालेका थिए । अहिले भद्रबन्दी गृहमा १ सय, केन्द्रीय बन्दीगृहमा ३ सय र महिला बन्दीगृहमा १ सय कैदीबन्दी मात्रै छन्। उनीहरू पनि आफैँ बसेका हुन् प्रहरीले रोकेको हैन ।

mulpatra mulpatra mulpatra