Close

Recent Posts

बालेनले नेतृत्व लिन नमान्नेपछि राश्वपा, प्रसाई, कुलमान, कार्की र जेनजी समूह मिलाएर सरकार बनाउन सेनाले थाल्यो छलफल

बालेनले नेतृत्व लिन नमान्नेपछि राश्वपा, प्रसाई, कुलमान, कार्की र जेनजी समूह मिलाएर सरकार बनाउन सेनाले थाल्यो छलफल
  • २५ भाद्र २०८२, बुधबार १७:०४

काठमाडौं– जेनजी समुहको आन्दोलनपछि देशको नेतृत्व कसले गर्ने भनेर अन्योलता देखिएको छ । तर पछिल्लो समय बालेन शाह, कुलमान घिसिङ, सुशिला कार्की, दुर्गा प्रसाई र जेन जी समुह मिलेर सरकारको नेतृत्व गर्नुपर्ने माग उठन थालेको छ । यसका लागि नेपाली सेनाले छलफल पनि अघि बढाएको छ ।

mulpatra

अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग हामी नेपाल नामक टिम र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच वार्ता भइरहेको छ । सिग्देलले पनि बालेन शाह, कुलमान घिसिङ, दुर्गा प्रसाई र जेन जी समुह मिलेर सरकारको नेतृत्वका पहल गर्न आग्रह गरेका छन् ।

जेनजी समूहजस्तै दुर्गा प्रसाईले पनि नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । प्रसाईले भुँइमान्छेका समस्या, बैंक पीडितका समस्या र अन्य विषयमा अभियान चलाउँदै आएका छन् । यस्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हुन् ।

mulpatra mulpatra mulpatra

बालेन शाहले तत्काल नेतृत्व नलिने देखेपछि कुलमान घिसिङ, सुशिला कार्की, दुर्गा प्रसाई र जेनजी समुहको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन् । सेनाले उनीहरुसँग छलफल गरिरहेको छ । जसमा सेनाले राश्वपा पनि ल्याउन खोजेको छ । बालेनले नेतृत्व लिन नमान्नेपछि राश्वपा, प्रसाई, कुलमान, कार्की र जेनजी समूह मिलाएर सरकार बनाउन सेनाले छलफल थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको २४ घण्टा बितिसकेको छ । तर, अब देश सम्हाल्ने गरी नेतृत्वमा को आउला ? कुन प्रक्रियाबाट आउला ? निकासको मार्गचित्र के होला ? अहिले सबैको मनमा यी प्रश्न उठेका भए पनि जवाफ कसैले दिन सकेको छैन । जसका कारण सेनाले तत्काल सानो आकारमा सरकार बनाउन जोड गरिरहेको छ । अब धेरै समय प्रतिक्षा गर्न जसक्ने सेनाले बताउन थालेको छ ।

मंगलबार प्रदर्शनकारीहरूले राज्यको तीन वटै अंग मानिने व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका मुख्य भवनहरूमा आगजनी गरे । ती भवनहरू कब्जामा लिएर उनीहरूले आगजनी गरेका थिए । त्यसपछि देशको शान्ति सुरक्षा सेनाको हातमा पुगेको छ । सेनाले सरकार बनाउन छलफल गरिरहेको छ ।

Image Source: © https://mulpatra.com

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री र मन्त्रीहरु भागेका छन् । भने कांग्रेस र एमालेका नेताहरु सम्र्पकविहिन छन् ।