सद्भाव र सजगताका लागि राष्ट्रिय युवा सङ्घको अपिल
काठमाडौँ– राष्ट्रिय युवा सङ्घ, नेपालले हालैका आन्दोलनका क्रममा भएको जनधनको क्षति र राष्ट्रिय सम्पत्तिमाथि भएको विनाशकारी घटनाप्रति दुःख व्यक्त गरेको छ ।

युवाहरूको आन्दोलनको मुख्य माग भ्रष्टाचारमुक्त र सुशासित मुलुक बनाउनु रहेको स्मरण गराउँदै सङ्घले शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दा पनि यसरी हिंसा भड्किनु र सरकारी हस्तक्षेप हुनुलाई दुःखद मानेको हो ।
सद्भाव, सजगता र राष्ट्र जोगाउनका निम्ति भन्दै जारी अपिलमा सङ्गठनले आन्दोलनको नाममा प्रधानमन्त्रीको निवास, संसद् भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता महत्त्वपूर्ण सरकारी र सार्वजनिक सम्पत्तिमाथि भएका आगजनी, तोडफोड, हिंसा र लुटपाट जस्ता घटनाको घोर निन्दा र भत्र्सना गरेको छ।
![]() |
![]() |
![]() |
|---|
राष्ट्रिय युवा सङ्घले सरकारी सम्पत्तिमा भएको क्षतिको बारेमा गम्भीर छानबिन गरी दोषी ठहरिएकाहरूलाई कडा कारबाही गरिनुपर्ने माग गरेको छ।





