Close

Recent Posts

जेनजीले विभिन्न आइएनजिओ र एनजिओबाट २० करोड संकलन गरी आन्दोलन गरेको भारतीय सञ्चारमाध्यम आजतकको दाबी

जेनजीले विभिन्न आइएनजिओ र एनजिओबाट २० करोड संकलन गरी आन्दोलन गरेको भारतीय सञ्चारमाध्यम आजतकको दाबी
  • २६ भाद्र २०८२, बिहीबार ११:३५

काठमाडौं– असमानता, भ्रष्टाचारका विरुद्ध सडकमा आएका जेनजी समूहको प्रमुख आयोजकको रुपमा हामी नेपाल नाम गरेको एनजीओ रहेको देखिएको छ ।

mulpatra

जेनजीको आन्दोलन हिंस्रक भएपछि हाल सेनाले देशको सुरक्षा गरिरहेको र जेनजीको मागअनुसार अन्तरिम सरकारको गठनको सन्दर्भमा नेपाली सेनासँग वार्तामा रहेका भनिएका जेनजीका सुदन गुरुङ नै उक्त एनजीको संस्थापक रहेको देखिएको छ ।

जेनजीका नाममा सोही संस्थाको संस्थापक सुदन गुरुङले घोषणा गरेको २३ गतेको प्रदर्शन नै उग्र बन्दै यहाँ सम्म आइपुगेको छ । देशका प्रमुख प्रसासनिक भवनहरु ध्वस्त भए, व्यक्तिगत खर्वौ सम्पती लुटपाट भएर देश नै कफ्र्यु लागेको अवस्था छ ।

भारतीय सन्चार माध्यम आजतकका अनुसार उक्त एनजीओमा २० करोड विभिन्न कम्पनीले दिएको र त्यही पैसा आन्दोलनका लागि खर्च भएको हो कि भन्ने शंका रहेको समेत जनाएको छ ।

हालसम्म ३० जना बढी मृत्यु भइकेको जेनजी आन्दोलनको पछि ‘हामी नेपाल’ नामक एनजीओ रहेको थियो । इन्टाग्राम, वाट्सअप प्लटेफर्मको प्रयोग गर्दै आन्दोलनमा उक्साएका आरोप लागेको छ । सोसल मिडियाहरुमा कसरी आन्दोलनमा जाने र सुरक्षित रहने जस्ता विषयमा छलफल गर्दै कलेज ड्रेसमा, किताव बोकेर जान आव्हान समेत गरेको पाइएको छ ।

हामी नेपाल नामको एनजीओले काठमाडौंमा भ्रष्टाचारका विरुद्ध युवा कार्यक्रम गर्नको लागि स्वीकृत समेत लिएको देखिएकोले आयोजकको रुपमा सो संस्था रहन गएको स्पष्ट देखिएको छ । २०७२ सालमा दर्ता भएको हामी नेपाल एनजीओले यस भन्दा अघि मानविय सहायता र सामाजिक मुद्धामा कुरा उठाइरहेको थियो ।