पुर्वराष्ट्रपति विद्या भण्डारीको शान्ति सदभावका लागि अपिल
काठमाडौं– पुर्वराष्ट्रपति विद्या भण्डारीले आधुनिक राजनीतिक प्रणालीमा लोकतन्त्र, मानव अधिकार, कानुनी शासन, नागरिक अधिकारजस्ता मानव सभ्यताले विकास गरेका राज्य सञ्चालनका आधारभूत प्रस्थापनाहरूलाई सधैँ आत्मसात गर्नुपर्ने सन्देश दिएकी छिन् ।

‘जेनेरेशन जेड’का नव पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई सम्बोधन गदै शन्ति सदभाव गर्नुपर्ने विज्ञप्तीमार्फत अपिल गरेकी छिन् ।
अहिलेसम्म ३४ जनाको ज्यान जानुका साथै हजारौँ घाइते भएका छन् । यस घटनामा परी निधन भएका आन्दोलनकारी युवा, सर्वसाधारण र सुरक्षाकर्मी सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु । साथै, घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपाचारको व्यवस्था मिलाउनु पर्ने विषयमा जोड दिन अपिल गरेकी छिन् ।
![]() |
![]() |
![]() |
|---|
विज्ञप्ती



