Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

कांग्रेस, एमाले, माओवादी, एस र मसालका युवा संगठनले निकाले संयुक्त विज्ञप्ति

कांग्रेस, एमाले, माओवादी, एस र मसालका युवा संगठनले निकाले संयुक्त विज्ञप्ति
  • २६ भाद्र २०८२, बिहीबार १७:०७

काठमाडौं– विभिन्न राजनीतिक दलनिकट युवा संगठनहरूले नयाँ सरकार गठन गर्दा संविधानबाहिर नजान आग्रह गरेका छन् । नेपाली कांग्रेसनिकट नेपाल तरुण दल, नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, नेकपा माओवादी केन्द्रको योङ्ग कम्युनिस्ट लिग (वाईसीएल), नेकपा (एकीकृत समाजवादी)को युवा संघ नेपाल र नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघले आज भर्चुअल बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आगामी राजनीतिक निकास संविधानभित्रैबाट निकाल्न माग गरेका हुन् ।

mulpatra

नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, वाईसीएल अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा भनिएको छ– जेन जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधिनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौँ । कुनै पनि नयाँ परिवर्तनतर्फ अग्रसर हुँदै गर्दा ठूलो बलिदानीमार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्छ भनेर जोडदार माग गर्दछौँ ।’

यी संगठनले केही दिनयताका घटनाहरूबाट स्तब्ध र गम्भीर भएको बताएका छन् । आन्दोलनका क्रममा भएका हत्या, तोडफोड र आगजनीका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न माग उनीहरूले माग गरेका छन् । ’हामी जेन जीले प्रस्तुत गरेका प्रमुख मागहरू– भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता– प्रति समर्थन जनाउँदछौँ र उक्त मागहरूको सम्बोधन लागि पहल गर्दै आएको कुरा स्मरण गराउँदछौँ । भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रियामार्फत सजाय दिनुपर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

mulpatra mulpatra mulpatra

देशको पछिल्लो अवस्थाप्रति चारै युवा संगठनहरू गम्भीर रहेको राष्ट्रिय युवा संघ, नेपालका प्रवक्ता निरोज पौडेलले बताए । ’हामी निरन्तर छलफलमा छौँ’, उनले भने, ’संविधान र लोकतन्त्र मास्ने कुनै षड्यन्त्र नहोस् भनेर हामी खबरदारी पनि गर्न चाहन्छौँ ।’