Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

बारको आग्रह: संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी राष्ट्रिय सरकार गठन गरियोस्

बारको आग्रह: संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी राष्ट्रिय सरकार गठन गरियोस्
  • २६ भाद्र २०८२, बिहीबार १७:५१

काठमाडौं– नेपाल बार एसोसिएसनले देशमा व्याप्त अनिश्चिततालाई अन्त्य गर्दै शासन व्यवस्थालाई सुचारु बनाउन र जनतामा विश्वास जगाउनका लागि संविधानको मर्म भित्रै रही संवैधानिक प्रक्रिया बमोजिम राष्ट्रिय सरकारको गठन गर्न माग गरेको छ।

mulpatra

एक विज्ञप्ति जारी गर्दै संविधान सभाले बनाएको संविधान मौजुदा रहेको, प्रतिनिधि सभासहितको संघीय संसद् क्रियाशील नै रहेको र आन्दोलनकारी शक्तिको माग समेत संविधान र व्यवस्थाको परिवर्तन नभएको स्थापित तथ्य रहेको परिप्रेक्षकमा संवैधानिक संरचनाहरूको यथावत् क्रियाशीलताको लागि यथाशक्य संवैधानिक कर्तव्य निर्वाहको लागि अपिल गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनकारी शक्तिहरू सरकार परिवर्तनको इच्छा राखेको र अहिले सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भई सकेको परिप्रेक्षकमा संविधानको धारा ७६, ७७, र ७८ र धारा ६१ को मर्म र भावना भित्र रहेर संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी अविलम्ब राष्ट्रिय सरकार गठन गर्न सकिने भएकोले सो बमोजिमको प्रक्रिया प्रारम्भ गर्न हार्दिक अपिल गर्दछौँ।’

mulpatra mulpatra mulpatra

संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिका पक्षधर अग्रणी नागरिक संस्था हुनुको कारणले संवैधानिक वैधता र नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता र लोकतान्त्रिक मूल्यमान्यता विपरीतका कुनै पनि प्रक्रिया मान्य नहुने र ती मूल्य मान्यता विपरीत कार्य भएमा प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी जस्ता लामो संघर्षबाट नेपाली जनताले प्राप्त गरेका र संविधानमा लिपिबद्ध भएका मूलभूत उपलब्धिहरू माथि कुनै पनि किसिमको सम्झौता गरिनु हुँदैन। यी राष्ट्रिय पहिचानका आधारस्तम्भको रक्षा राष्ट्र प्रमुखको रूपमा राष्ट्रपतिबाट राख्न हार्दिक अनुरोध गर्न चाहन्छौ ।’