कार्कीलाई प्रधानमन्त्री बनाउने सहमती, संसद विघटनमा अल्झियो
काठमाडौँ– मुलुकमा जारी आन्दोलन प्रश्चात सरकारको नेतृत्व सुशिला कार्कीलाई दिने सहमती भएको छ । अनेक बजार हल्लाकाविच प्रधानसेनापतीको रोहरमा मध्यरातसम्म चलेको वार्तामा आन्तरिम सरकारको नेतृत्व पुर्वप्रधानन्यायधिस सुशिला कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमती भएको छ ।

जेन–जी समूहकोले यसअघिनै कार्कीको नाम सिफारिस गरिएको थियो । सोही आधारमा छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्कीलगायत मध्यरातसम्मै छलफल भएको थियो ।
सबैकुरा मिले पनि संसद विघटनमा भने कुरा मिल्न सकेको छैन । शुक्रबार विहान ९ बजे पुनः बस्नेगरी वार्ता मध्यरातीनै सकिएको हो । आन्दोलनरत पक्ष र दलहरु पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमत भएका छन् । तर, संसदले अनुमोदन गर्ने विधिमा सहमति जुट्न सकेको छैन ।
![]() |
![]() |
![]() |
|---|



