Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कफ्र्यू खुकुलो बन्दै, विस्तारै सामान्य बन्दै उपत्यकामा जनजीवन

कफ्र्यू खुकुलो बन्दै, विस्तारै सामान्य बन्दै उपत्यकामा जनजीवन
  • २७ भाद्र २०८२, शुक्रबार ११:१२

काठमाडौं– उपत्यकामा जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा कफ्र्यू खुकुलो पारिएसँगै जनजीवनमा क्रमशः सहजता देखिन थालेको हो ।

mulpatra

नेपाली सेनाले आज बिहानदेखि बेलुकीसम्मका लागि केही समयावधिमा आवतजावत गर्न छुट दिँदै निषेधाज्ञामा केही खुकुलो बनाएको छ ।

आजदेखि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा यथावत् रहे पनि अत्यावश्यक सामान किनमेल, धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन साथै कर्मचारीलाई कार्यालय आवतजावत गर्न बिहान ६ देखि ११ र बेलुका ५ देखि ७ बजेसम्मको समय छुट्याइएको छ ।

mulpatra mulpatra mulpatra

यसले उपत्यकामा दैनिक गतिविधि विस्तारै गति लिन थालेको देखिएको छ । सडकमा सार्वजनिक सवारीसाधन केही हदसम्म सञ्चालनमा आउन थालेका छन् ।

पसल, बजार तथा अन्य सेवा केन्द्रहरू पनि तोकिएको समयसीमा अनुसार खुल्न थालेका छन् । सुरक्षाकर्मीहरू भने ठाउँठाउँमा तैनाथ भएर नियम पालना गराइरहेका छन् ।